२८ चैत्र, २०७५
शीतलपाटीन्युज डटकम।
यही अप्रिल २६ तारिखमा दुबईमा 'धुर्मुस सुन्तली साँझ २०७६' आयोजना हुने भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनद्दारा निर्माण हुने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ दुबईमा कार्यक्रमको आयोजना गरिने भएको हो।
फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले बताएअनुसार दुबईमा सम्पूर्ण संघसंस्थाहरुको आयोजनामा चितवन समाजको संयोजनमा कार्यक्रमको आयोजना गरिने भएको हो। धुर्मुसले फेसबुकमार्फत कार्यक्रम हुने जानकारी दिँदै दुबइमा रहेका नेपालीहरुलाई उपस्थितिका लागि अनुरोध गरेका छन् । दुबइस्थित ग्राण्ड एक्सेलसियर होटल, बर दुबइमा कार्यक्रममा धुर्मुस (सिताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) सहित गायक पुस्पन प्रधान, गायिका मेलिना राई,लगायतका अन्य चर्चित कलाकारहरुको समेत उपस्थिति रहने बताइएको छ।