Monday July 04, 2022

विकिलिक्सका जुलियन असान्ज लण्डनस्थित इक्वेडरको दूतावासबाट पक्राउ

२८ चैत्र, २०७५ शीतलपाटीन्युज डटकम। 22514


विकिलिक्सका जुलियन असान्ज लण्डनस्थित इक्वेडरको दूतावासबाट पक्राउ

शीतलपाटीन्युज डटकम।

लण्डन। अमेरिकाको संबेदनशिल तथा गोप्य दस्ताबेजहरु सार्बजनिक गरेर विवादमा आएका विकिलिक्सका सञ्चालक जुलियन असान्ज पक्राउ परेका छन् । उनलाई बेलायतस्थित इक्वेडरको दूतावासबाट प्रहरीले पक्राउ गरेका हुन् ।

दक्षिण अमेरिकी राष्ट्र इक्वेडरले असान्जलाई शरणार्थीको रुपमा शरण दिंदै आएको र हालै उसले यो मान्यता फुकुवा गरे लगत्तै लण्डन प्रहरीले उनलाई गिरफ्तार गरेको हो । ४७ वर्षीय असान्जले इक्वेडरको दूताबासमा बिगत सात बर्षदेखि शरण लिंदै आएका थिए ।उनीमाथि यसअघि पनि स्वीडेनमा यौन दुराचारको अभियोग लागेको थियो । पछि स्वीडेनमा यौन दुराचारको अभियोग फिर्ता भएपनि उनी लण्डनस्थित इक्वेडोरको राजदूतावासकै शरणमा रहँदै आएका थिए ।

ङअसान्जलाई सन् २०१२ को अदालतको आदेशका आधारमा गिरफ्तार गरेको बताइएको छ । सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनका बेला विकिलिक्समाथि डेमोक्र्याटिक पार्टीकी उम्मेद्वार हिलारी क्लिन्टनसँग सम्वन्धीत इमेलहरु तथा गोप्य दस्ताबेजहरु सार्वजनिक गरेको आरोप लागेको थियो ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?