Monday August 08, 2022

शुभकामना नयाबर्षको : कोमल मल्ल

२८ चैत्र, २०७५ शीतलपाटीन्युज डटकम। 19556


शुभकामना नयाबर्षको : कोमल मल्ल

शुभकामना

एकाबिहानै
बादलुको पर्दा खोलेर
किरणको जुलुस
शुभकामना बोकेर
बषन्तको ध्वजा फहराउन
हर्ष,उल्लास,उमंगमा
खातका खात योजनाका गाताहरु बोकेर
शान्तिको लालीमा
खेत,पाखा,आली,कान्ला,घर,आगनमा छर्न
आरोह,अबरोहको यात्रामा
सुख,संबृद्दि,आरोग्यताको
मन्द पवनमा करडौ मुटु चलोस भनेर
अनुपम स्वर्णीम शुभकामना बोकेर
आउदैछ नया बर्ष २०७६
त्यसैले
तिमि स्वच्छ मन,
पबित्र बचन
र सारगर्वित कर्मले
मनका तरंगहरु
मायाका बिम्बहरु
मुटुका स्पन्दनहरु
शोचाईका अलंकारहरु
ईन्द्रेणीले श्रृगारेर
उत्कृष्ठ जीवन उत्सर्गमा
शान्तीको स्वासमा
निरन्तर मुटु खेलोस भनेर
अनुकरणीय मंगल कलस राखेर
मनका झ्यालहरु खोल
तनका ढोकाहरु खोल
बचनका कन्तुरहरु खोल
जीवनको खेत पाखामा
धर्म,कर्म ,आसा भरोसाका  कोदाली चलाउदै
प्रज्वलित स्वच्छ बिचारका पालुवाहरु
बिस्वासको पबित्र मन्दीरमा फक्राउन
शान्तीमा जीवन सगरमाथा उठाउन

बिभिदताका गाउ शहर बस्तीहरुमा
एकतामा शान्तीको ज्योती फिजाउन
अनि
आगो र पानीको
बिजय उत्सव मनाउन .. !

आउदैछ नया बर्ष २०७६
स्वर्णीम शुभकामना बोकेर
मेरो तिमिलाई,उस्लाई,सबैलाई
हार्दिक मंगलमय सुभकामना
सुभकामना, सुभकामना सुभकामना
नया बर्ष २०७६ सालको !!!



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?