Thursday January 23, 2020

एनआरएन युकेद्वारा बारा पर्साका हावाहुरी पिडीतलाई २८३६ पाउण्ड सहयोग हस्तान्तरण

२९ चैत्र, २०७५ शीतलपाटीन्युज डटकम। 1659


एनआरएन युकेद्वारा बारा पर्साका हावाहुरी पिडीतलाई २८३६ पाउण्ड सहयोग हस्तान्तरण

शीतलपाटीन्युज डटकम।

अल्डरसट, लण्डन।  नेपालको बारा पर्सा जील्लामा आयको हावाहुरीबाट भयको क्षतिको सहयोगार्थ एनआरएन युकेबाट आर्थीक संकलन गरी हस्तान्तरण गर्यो ।अल्डरसट स्थित एनआरएन युके अफिसमा आयोजीत एक समारोहमा अध्यक्ष योग कुमार फगामीको उपस्थीतीमा एनआरएन अन्तराष्ट्रिय उपाध्यक्ष एवम अन्तराष्टरिय च्यारीटी संयोजक कुल आचार्यलाई एनआरएन युके उपाध्यक्ष एवम एनआरएन युके दैवीप्रकोप सहयोग संयोजक सुसीला राईले २८३४.९९ पौण्ड करिब ४ लाख ११ हजार नेपाली रुपैयाको चेक हिजो ११ अप्रिलका दिन बेलुका हस्तान्तरण गर्नु भयको हो ।

सो अवसरमा एनआरएन युके संरक्षक योगेन क्षत्री, एनआरएन अन्तराष्ट्रिय सदस्य प्रकास गुरुड्ग, अन्तराष्ट्र्य ट्राफीक टास्कफोर्स संयोजक थर्क सेन, उपाध्यक्षहरु ललीत न्यौपाने, शेर बहादुर सुनार, प्रेम गाहा मगर, ग्रेटर रसमोर नेपाली कम्युनिटी अध्यक्ष जीव बेलवासे, समाजसेवीहरु रीता क्षत्री, दुर्गा गुरुड्ग,नरेन्द्र बिक्रम राई, फोटो पत्रकार मीलन तमु, पत्रकार महासंघ युकेका सचीव पुर्ण गुरुड्ग शीतलपाटीका बाचस्पति रेग्मी समेतको उपस्थीती थियो ।

सो सहयोग चेक हस्तान्तरण गर्दै उपाध्यक्ष एवम संयोजक राईले सहयोग दाताहरुलाई धन्यबाद दिनु भयको थियो । सो सहयोग रकम संकलन गर्न आफ्नो अमुल्य सहयोग गर्नु हुने नेपलीज वुमन कम्युनीटीकी अध्यक्ष शसी थापा सुब्बा र एनआरएनयुके कोषाध्यक्ष सचीन श्रेष्ठलाई धन्यबाद दिदै सहयोग संकलनमा उहाहरुले गर्नु भयको प्रयासको चर्चा गर्नु भयको थियो। साथै वयल्स राज्य परिषदका अध्यछ्य रामचन्द्र पोखरेल र सहयोगी एन आर एन पदाधीकारीहरूलाई पनि संयोजक राईले सहयोगका लागी धन्यबाद दिनु भयको थियो।

एनआरएन युके उपाध्यक्ष ललीत न्यौपानेले संचालन गर्नु भयको सो कार्यक्रममा एनआरएन युके अध्यक्ष योग कुमार फगामीकोअध्यक्षतामा भयको सो कार्यक्रममा प्रमुख अतिथी कुल आचार्य हुनुहुन्थ्यो । अतिथीको आसनबाट संबोधन गर्नु हुदै अन्तराष्ट्रिय उपाध्यक्ष कुल आचार्यले सहयोगको क्षेत्रमा एनआरएन युके सधै अगाडी रहेको बताउनुका साथै एक पटकको नेपाली सधैको नेपाली धारणा अनुसार देशमा संकट पर्दा सहयोग गर्नुपर्ने धारणा राख्दै एनआरएन युकेको सहयोग उच्चस्तरको रहेको बताउनु भयो । कार्यक्रमलाई समापन गर्दै अध्यक्ष फगामीले सहयोग गर्ने सबैलाई दिदै सहयोग संकलन संयोजक एवम उपाध्यक्ष शुसीला राईलाई छोटो समयमा धेरै संकलन गरी उत्कृष्ट काम सम्पन्न गरेकोमा सराहाना गर्नु भयको थियो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?