२९ चैत्र, २०७५
शीतलपाटीन्युज डटकम।
गतबर्षको सफल चलचित्र ‘शत्रु गते’कै टिमले निर्माण गरेको चलचित्र ‘दालभात तरकारी’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। यसअघि सार्वजनिक भएको यस चलचित्रमा समावेश ‘भिजिट भिसामा’ र दाल भात तरकारी बोलको गीतलाई दर्शकले निकै मन पराएका छन्।
दर्शकमाझ प्रतिलतिक्ष बनेको चलचित्रको ट्रेलरमा चलचित्रका कलाकारहरुलाई बिदेशको मोहले तानेको देख्न सकिन्छ। ट्रेलरमा मुख्य कलाकार हरिवंश आचार्य र निरुता सिंहलाई फोकस गरिएको छ । मह सञ्जारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको चलचित्रको कथा लेखन हरिवंश आर्चायको रहेको छ।सुदन केसीले निर्देशन गरेको चलचित्रमा रमिला आर्चाय, नरेन्द्र कंसकर, शिवहरी पौडेल, यमन श्रेष्ठ फिल्मका निर्माता हुन् ।
आउँदो बैशाख २० गतेबाट सार्वजनिक प्रर्दशनमा आउने चलचित्रमा दिर्घ गुरुङको छायाँकन रहेको छ भने मित्र डी गुरुङको सम्पादन रहेको छ । चलचित्रको गीतमा प्रविन सिंह र कविराज गहतराजको कोरियोग्राफी छ ।
trailer: