Thursday June 01, 2023

ग्रेटर रेडिङ नेपाली समाजद्वारा आयोजित नयाँ बर्ष २०७६ शुभकामना साँझमा भब्य धमाका

३ बैशाख, २०७६ शीतलपाटीन्युज डटकम। 4101


ग्रेटर रेडिङ नेपाली समाजद्वारा आयोजित नयाँ बर्ष २०७६ शुभकामना साँझमा भब्य धमाका

शीतलपाटीन्युज डटकम।
रेडिङ, युके। नब बर्ष २०७६ को ऊपलक्ष्यमा ग्रेटर  रेडिंग नेपाली समाज ( GRNCA ) ले  नयाँ बर्ष २०७६ शुभकामना साँझ एक भब्य धमाका साँस्कृतिक कार्यक्रमका साथ मनाएको छ । स्थानीय कलाकारहरुको साथमा नेपाल देखी आऊनु भएका कलाकार द्वय हिमाल सागर  र आशीष शिशिर ( सचिन ) द्वारा बिबिध गीत संगीतका साथ दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गरिएको थियो। तीन चरणमा बिभाजन गरिएको ऊक्त कार्यक्रम स्थानीय सभाहलमा आयोजना गरिएको थियो । कार्यक्रम शुरु हुनु भन्दा पहिले नै आगन्तुक सबैको लागी खानापीनाको ब्यबस्था गरिएको थियो। निकै छिटो छरितो तरीकाले सम्पन्न गरिएको पहिलो तथा औपचारिक कार्यक्रमको सभापतित्व नबनिर्बाचित अध्यक्ष टेक बहादुर गुरुंगले गर्नु भएको थियो भने प्रमुख अतिथि संस्थापक अध्यक्ष डा.सि बी गुरूंग हुनहुन्थ्यो । ऊहाँहरु दुबैजनाले सँयुक्त रुपमा कार्यक्रमको ऊद्घाटन गर्नुभएको थियो । राष्ट्रिय गानबाट शुरु गरिएको कार्यक्रममा पुर्ब अध्यक्षहरु अर्जुन बस्नेत, महेश गुरुंग र कृष्ण न्यौपाने लगाएत समाजका सँस्थापक सदस्य तथा सल्लाहकारहरु बिश्व आदर्श पण्डित , ढक गुरुंग, राम गलामी तथा रेडिंग स्थित बिभिन्न सँघ सँस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। खचाखच भरिएको सभाहलमा समाजको तर्फबाट उपस्थित सबैलाई शुभकामना दिँदै स्वागत मन्तब्य समाजकी उपाध्यक्ष सुसिला गुरुंगले गर्नुभएको थियो । निबर्तमान  अध्यक्ष कृष्ण न्यौपाने र सँस्थापक अध्यक्ष डा. सी बी गुरुंगले पनी शुभकामना मन्तब्य दिनु भएको थियो। औपचारिक कार्यक्रमको अन्त्यमा सभापतीको आशनबाट अध्यक्ष टेक गुरुंगले उपस्थित सबैलाई समाजको निमन्त्रणा स्विकार गरी उपस्थित भैदिनु भएकोमा स-धन्यबाद  नयाँबर्षको शुभकामना दिँदै कार्यक्रम समापन भएको घोषणा गर्नु भयको थियो । औपचारिक कार्यक्रमको संचालन समाजका महासचिव ओमकार अधिकारीले गर्नु भयको थियो। ।

कार्यक्रमको दोस्रो चरणमा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो जस्को संचालन कार्यक्रम संयोजक तथा समाजका ऊपाध्यक्ष भीमसेन खड्काले गर्नुभएको थियो । स्थानीय कलाकार द्वय छायाँ रिमाल र एलिजा ऊप्रेतीको धमाकेदार नृत्यबाट शुरु गरिएको ऊक्त कार्यक्रममा सिबांगी  भुसाल र जेनिहा लिम्बुको नृत्यले थप रौनकता प्रदान गरेको थियो । यसै बिच स्थानीय कबियत्रि लक्ष्मी पौडेलले शुभकामना कबिता बाचन गर्नु भएको थियो । यस्तै मिसेज युके २०१८ की Second Runner up सबिना श्रेष्ठ थापाको नृत्यले सबैलाई मन्त्रमुग्ध बनाएको थियो । यस पछि भने नेपालबाट आऊनुभएका गायक कलाकार द्वय हिमाल सागर र आशीष शिशिर ( सचिन) को रंगमँच प्रबेशले दर्शक तथा श्रोकाहरुलाई छमछमी नचाऊन सफल भएको थियो। तुलनात्मक रुपमा युबा पिढिहरुको बिचमा लोकप्रिय कलाकार द्वयको युवा जोश र ऊर्जाशिल प्रस्तुतीले सबैलाई जुरुक्कै ऊठेर नाच्न प्रोत्साहन गरेको देख्न सकिन्थ्यो । यसै बिच कार्यक्रममा राफल ड्रको घोषणा र पुरस्कार वितरण पनी गरिएको थियो ।

कार्यक्रमको तेस्रो चरणमा स्थानीय डी जे डाईमण्डको सहयोगमा प्रख्यात नेपाली गीतहरुको साथमा  पुरै सभाहल एकसाथ नृत्यमा रमाएको थियो । झण्डै ११ बजेसम्मै चलेको नाच-गान र रमझमपुर्ण बाताबरण  देख्दा एस्तो लाग्थ्योकी ग्रेटर रेडिंग नेपाली समाज ( GRNCA ) साँच्चिकै रेडिंग बासी नेपालीहरुको बिचमा एकता  र भाईचारा को शन्देश छर्न र समाजमा बसेर हाम्रा साझा चाडपर्बहरु मनाऊन र सँगसँगै रमाऊन पुर्ण रुपमा सफल भएको छ । नमस्ते ईभेन्टबाट सौजन्य प्राप्त झकी झकाऊ सजाबटका साथ सिँगारिएको हल ,समाजको कार्यसमितीको अथक प्रयास, नबप्रबेसी पुराना तथा अनुभबी सदस्यका साथमा हिम्मतसिल युबाहरुको स्वयंस्फूर्त स्वयं सेबा तथा राफल ड्रको लागी प्राप्त स्वयंस्फूर्त सौजन्य र संपूर्ण रेडिंगबासीको सद्भाबना तथा सकारात्मक सोचाई जस्ता कुराहरुले सार्थकता प्राप्त गर्दा कार्यक्रम पुर्ण सफल बनाऊन सकिएको कुरा छर्लँगै देख्न सकिन्थ्यो ।  तसर्थ : GRNCA पुन एक पटक नयाँ बर्ष २०७६ ले हामी सबैलाई देश तथा बिदेशमा अझै बढी एकताबद्द भएर अगाडि बढ्न प्रेरणा प्रदान गरोस् र कँहि कतै हामी नेपालीहरुको बिचमा केहि प्रकारका लोभ लालच , ईर्स्या बैमनस्य र असमझदारी छन् भने पनी ती सबैलाई हटाऊन सफलता मिलोस् भन्दै GRNCA सबैमा नयाँ बर्षको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छ ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?