Saturday September 18, 2021

विराट कोहलीको बैंग्लोरलाई धोनीले सातो लिएपछि..

९ बैशाख, २०७६ शीतलपाटीन्युज डटकम 4105


विराट कोहलीको बैंग्लोरलाई धोनीले सातो लिएपछि..

शीतलपाटीन्युज डटकम।

बैशाख ०९, काठमाडौं । इन्डियन प्रिमियर लिग(आईपीएल)को आइतबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले १ रनको रोमाञ्चक जित निकालेको छ। महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्समाथि १ रनको जित निकाल्दै विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोरले प्रतियोगितामा तेस्रो जित हात पारेको हो । टस जितेर पहिलो ब्याटिङको निम्ता पाएको बैंग्लोरले आफ्नै मैदान उत्कृष्ट ब्याटिङ गर्न सकेन । २० ओभरमा ७ विकेटको क्षतिमा १६१ रन बनायो । १६२ रनको लक्ष्य पाएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनायो।

बैंग्लोरका लागि ओपनर पार्थिव पटेलले सार्वाधिक ५३ रन बनाए । कप्तान विराट कोहली ९ रनमा आउट हुँदा अर्को महत्वपूर्ण ब्याट्सम्यान एबी डे भिलियर्सले १९ बलमा २५ रन मात्रै बनाउन सके । मोइन अलीले २६ रन बनाए । कोहली र डे भिलियर्स सस्तैमा समेटिएपछि मध्यक्रममा ब्याट्सम्यानले सम्मानजनक स्कोरतर्फ लगे । १६२ रनको मध्यम लक्ष्य पछ्याएको चेन्नईको सुरुवाती ब्याटिङ लाइन धर्मरायो । पहिलो ओभरमा नै दुवै ओपनर सेन वाट्शन र सुरेश रैनालाई गुमाएको चेन्नइका लागि कप्तान धोनीले एकल प्रदर्शन देखाए । उनी ४८ बलमा ८४ रन बनाउँदै नट अविजित रहे पनि टोलीलाई जितसम्म भने पुर्‍याउन सकेनन् । उनीबाहेक रायडुले २८ र रविन्द्र जडेजाले ११ रन बनाए पनि अन्यले दोहोरो अंकको स्कोर खडा गर्ने सकेनन् ।

अन्तिम ओभरमा चेन्नईलाई जितका लागि २६ रन चाहिएको थियो । नतिजा लगभग बैंग्लोरको पक्षमा पुगिसकेको थियो । धोनी स्ट्राइकमा थिए । बलिङमा उमेश यादव । धोनीले पहिलो बलमा चौका हिर्काए त्यसपछि लगातार २ छक्का हाने । अब ३ बलमा १० रन मात्रै भए पुग्ने भयो । त्यसपछि २ रन हाने र पाचौं बलमा छक्का प्रहार गरी जित नजिक पुर्‍याए । अन्तिम बलमा २ रन मात्रै चाहिने भयो । अन्तिम बलमा भने धोनीले कमाल गर्न सकेनन् । रनका लागि दौडिदा सार्दुल ठाकुर रन आउट भए र नाटकीय तरिकाले खेल बैंग्लोरले १ रनले जित्यो ।सुरुवाती खेलमा लगातार हार व्यहोरेको बैंग्लोरले आईपीएल यस सिजनमा तेस्रो जित दर्ता गरेको छ । तर पनि बैंग्लोर अंक तालिकाको पुच्छारमा छ । हारपछि पनि चेन्नई १४ अंककासाथ शीर्ष स्थानमा कायम छ।

कोलकातामाथि हैदरावादको एक पक्षीय जित- आइतबारकै पहिलो खेलमा सनराइजर्स हैदराबादले कोलकाता नाइटराइडर्समाथि ९ विकेटको फराकिलो जित निकाल्यो । टस हारेर पहिले ब्याटिङ गरेका कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १५९ रन बनाएको थियो ।१६० रनको लक्ष्य हैदराबादले जम्मा १५ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो । हदराबादका लागि ओपनरद्वय जोनी ब्रेस्व र डेभिड वार्नरले उत्कृष्ट साझेदारी गरे । ब्रेस्वले नट आउट ८० रन बनाउँदा वार्नर ६७ रनमा आउट भए । यसअघिका सबै खेलमा आक्रमक ब्याटिङ गरेका आन्द्रे रसेल आइतबार हैदराबादमाथि हाबी हुने सकेनन् । ९ बलमा १५ रन बनाएर आउट भए ।




मतहरू

leflunomide 20mg without a doctor prescriptionbuy leflunomide

sumatriptan usa cheapest sumatriptan 100 mgsumatriptan pills sumatriptan price

cialis 20 mg

cheap cialis generic cialis

order rogaine 5%

azathioprine nz azathioprine 50 mg for saleazathioprine nz azathioprine nz


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?