Friday January 24, 2020

सीटी एक्सप्रेसको बेलायत शाखा राजदुत डा सुबेदीद्वारा उदघाटन

९ बैशाख, २०७६ बाचस्पती रेग्मी 1227


सीटी एक्सप्रेसको बेलायत शाखा राजदुत डा सुबेदीद्वारा उदघाटन

शीतलपाटीन्युज डटकम।

रेडिड्ग, लण्डन । विगत १३ बर्ष देखि मनी एक्सचेन्जको कारोवार गर्दै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले बेलायतको रेडिङ्ग सहरमा आफ्नो कार्यालय स्थापना गरेको छ । २१ अप्रिल २०१९ का दिन बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले रिबन काटी सो कार्यालयको उद्घाटन गर्नु भयको हो। विदेशमा कमाएको धन सुरक्षित र सरल तरिकाले नेपाल पुर्र्याउने उद्देश्यका साथ सो एक्सप्रेसले बेलायतमा आफ्नो कार्यालय स्थापना गरेको हो।

जापान, कोरिया, अस्ट्रेलिया लगायत देशमा कार्यालय स्थापना गरिसकेको सिटी एक्सप्रेसले बेलायतमा पनि कार्यालय स्थापना गरेको हो । रेडिङ सहरको भिक्टोरिया स्ट्रीटमा स्थापना गरिएको उक्त सीटी एक्सप्रेसको उद्घाटन कार्यक्रम स्नेहा गुरुङले संचालन गरेकी थिईन् भने कार्यक्रम सिटी एक्सप्रेस मनी ट्रान्सफर युकेका प्रवन्ध निर्देशक करम गुरुङले अध्यक्षता गरेका थिए।

सो अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रवन्ध निर्देशक चन्द्र टन्डन,सिटी एक्सप्रेस जापानका प्रवन्ध निर्देशक महेश श्रेष्ठ, रेडिङ नेपाली समाजका अध्यक्ष टेक बहादुर गुरुङ , एनआरएनए युकेका अध्यक्ष योग कुमार फगामी समेतले बोलेका थिए।सबै बक्ताहरुले "जहाँ नेपाली त्यहाँ सिटी एक्सप्रेस" नारा सहित वैधानिक रुपमा समुदायमा सेवा र राष्ट्रलाई टेवा दिने उद्देश्यका साथ सेवा आरम्भ गरेकोमा सिटी एक्सप्रेस टिमलाई बधाई दिए सो सिटी एक्सप्रेस बेलायतको टिममा करम गुरुड, कृष्ण गुरुङ र प्रसाद तामाङ्ग समेत रहेका छन् । सिटी एक्सप्रेस मनी ट्रान्सफर रेडिङ्गमा आफै गई वा सम्पर्क गरी वा वेभसाईट तथा मोबाईल एप्समार्फत रकम नेपाल पठाउन सकिने छ ।

उक्त पठाइएको रकम नेपालका विभिन्न बैंक, सहकारी संस्था र करिब ७००० स्थानबाट सोही दिन पैसा लिन सकिने सिटी एक्सप्रेसले जनायको छ। सो अवसरमा विभिन्न मिडियामा आवद्ध पत्रकारहरुको समेत विशेष उपस्थिति रहेको थियो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?