Monday August 08, 2022

बंगालको खाडीमा बनेको चक्रवात 'फानी' नेपालमा प्रवेश गरेको संकेत

२० बैशाख, २०७६ शीतलपाटीन्युज डटकम 15965


बंगालको खाडीमा बनेको चक्रवात 'फानी' नेपालमा प्रवेश गरेको संकेत

शीतलपाटीन्युज डटकम।

बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । भारतको ओडिसा राज्य केन्द्रित शक्तिशाली चक्रपात ‘फानी’को प्रभाव आज(शुक्रबार) भन्दा पनि भोली(शनिबार) बढी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार चक्रवात “फानी” हाल बंगालको खाडीमा ओडिसा को तटीय क्षेत्र नजिकै अवस्थित छ । आज (शुक्रबार) बाट यो प्रणाली भारतको ओड़ीसा को तटीय क्षेत्रमा मध्यान्हतिर भित्रिने सम्भावना देखिएको छ । त्यसपछि त्यहाँको तट हुँदै बंगलादेशतर्फ फर्कनेछ । त्यसपछि फेरि उत्तर–पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जानेछ ।

उक्त चक्रवात नेपाल तर्फ आउने सम्भावना अहिले सम्म नदेखिएता पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा आज (शुक्रबार) र भोलि (शनिबार) मौसम प्रभावित हुने देखिन्छ । यसका साथै पूर्वी र मध्यका स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरी सहित भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ।
हिमाली भूभागमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको देखिन्छ । साथै देशको पश्चिमी क्षेत्रमा आज (शुक्रबार) पश्चिमी वायुको प्रभाव रहने हुँदा केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना देखिन्छ । हिमाली भू भागमा पनि हिमपात को सम्भावना रहेको छ । आइतबार देखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना रहेको माहाशाखाले जनाएको छ ।
यसका साथैः देशको पूर्वी भु(भागमा पुर्ण बदलि र मध्य र पश्चिमी भु(भागमा आंसिक देखि सामान्य बदलि रही पुर्वका केहि स्थानहरुमा र मध्य र पश्चिमका थोरै स्थानमा मेघ गर्जन, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

शुक्रबार (आज) राती देशभरि सामान्य देखि पुर्ण बदली रही पुर्वका केहि स्थानहरुमा र मध्य र पश्चिमी भु(भागका थोरै स्थानमा मेघ गर्जन, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ्र उच्च पहाडी र हिमालि भु(भागमा हल्का देखि मध्यम खालको हिमपात हुने संभावना छ।
शनिबार देशको पुर्वी भू–भागमा पूर्ण बदली, मध्य र पश्चिमी भु(भागमा आंसिक देखि सामान्य बदली रही पुर्वी भू–भागका अधिकांश स्थानहरूमा, मध्य र पश्चिमका केही स्थानहरूमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ र पुर्वका एक दुइ स्थानमा भारि बर्षाको पनि संभावना छ। उच्च पहाडी र हिमालि भू–भागमा हल्का देखि मध्यम खालको हिमपात हुने संभावना छ ।
शनिबार राती देशको पूर्वी भू–भागमा पूर्ण बदली, मध्य र पश्चिमी पहाडी भू–भागमा आंसिक देखि सामान्य बदलि रही बाँकी भु(भागमा आंसिक बदली रहनेछ।

पुर्वी भु(भाग लगायात मध्य तथा पश्चिमी पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको संभावना रहेको छ र पूर्वका एक दुइ स्थानमा भारि बर्षाको पनि संभावना छ। उच्च पहाडी र हिमालि भु(भागमा हल्का देखि मध्यम खालको हिमपात हुने संभावना छ।
त्यसैगरी आइतबार देशको पहाडी भु(भागमा आंसिक देखि सामान्य बदलि रही बाँकि भु(भागमा आंसिक बदलि हुने देखिन्छ। पुर्वी पहाडी भु(भागका थोरै स्थानहरुमा , मध्य र पश्चिमका पहाडी भु(भागका एक दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?