Wednesday December 01, 2021

कहाँ जाने बैदेशिक रोजगारीमा जान चाहनेले पुलिस रिपोर्ट बनाउन ? के-के कागजात चाहिन्छ ?

३० बैशाख, २०७६ शीतलपाटीन्युज डटकम 16433


कहाँ जाने बैदेशिक रोजगारीमा जान चाहनेले पुलिस रिपोर्ट बनाउन ? के-के कागजात चाहिन्छ ?

शीतलपाटीन्युज डटकम।

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई निम्न कार्यविधिका आधारमा चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ । चारित्रिक प्रमाण पत्रको लागि आवश्यक निवेदन प्रहरी प्रधान कार्यालय चालचलन शाखा वा रानीपोखरी,  महाराजगञ्ज, भक्तपुर, ललितपुर, १ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगर, २ नं. प्रदेश प्रहरी कार्यालय, जनकपुर, ३ नं. प्रदेश प्रहरी कार्यालय, हेटौंडा, ४ नं. प्रदेश प्रहरी कार्यालय, पोखरा, ५ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, लुम्बिनी, प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, नेपालगञ्ज र ७ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, धनगढी उपशाखाहरूमा रहेको फारम भरि प्राप्त गर्न सकिनेछ । 

कहाँ-कहाँबाट पाउन सकिन्छ रिपोर्ट ? 

निवेदकले आफ्नो चालचलन बुझ्नको लागि प्रहरी प्रधान कार्यालय चालचलनशाखाका उपशाखाहरू : रानीपोखरी,  महाराजगञ्ज, भक्तपुर, ललितपुर, १ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगर, २ नं. प्रदेश प्रहरी कार्यालय, जनकपुर, ३ नं. प्रदेश प्रहरी कार्यालय, हेटौंडा, ४ नं. प्रदेश प्रहरी कार्यालय, पोखरा, ५ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, लुम्बिनी, ६ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, नेपालगञ्ज र ७ नं. प्रदेश प्रहरी कार्यालय, अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, धनगढी मा निवेदन फारममा रु.१० को हुलाक टिकट टाँसी निर्धारित समय भित्र निवेदन दिनु पर्नेछ । समय भित्र निवेदन बुझाउनेहरूको निवेदन दर्ता गरी निवेदकको अपराधिक अभिलेख जाँच गर्न सोही दिन पठाइने छ । अभिलेख जाँच भई निवेदनहरू फिर्ता आएपछि रूजु भई ठीक भएको पाइएमा सम्बन्धित अधिकारीको दस्तखत भएपछि उक्त प्रहरी चारित्रिक प्रमाणपत्रहरू वितरणका लागि सम्बन्धित दर्ता केन्द्रहरूमा पठाइने छ र चारित्रिक प्रमाणपत्र बुझ्न निवेदक आफै उपस्थित हुनुपर्नेछ । निवेदन दिएको ३ दिन भित्र चारित्रिक प्रमाणपत्र प्राप्त गर्न सकिने छ ।

निवेदन साथ पेश गर्नुपर्ने कागजातहरू:

क) राहदानी (Passport) को सक्कल सहित स्वप्रमाणित प्रतिलिपी थान १ ।

ख) नागरिकताको सक्कल सहित स्वप्रमाणित प्रतिलिपी थान १ ।

ग) विवाहित महिलाको हकमा विवाह दर्ता सक्कल सहित स्वप्रमाणित प्रतिलिपी थान १ ।

घ) पासपोर्ट साइजको रंगीन फोटो थान २ । 

ङ) कुबेतमा जाने नेपाली कामदारको लागि श्रम स्विकृती (वैदेशिक रोजगार विभागको स्विकृती तथा वर्क परमिट) को प्रमाणित प्रतिलिपी थान १ ।

निवेदन वुझाउने समय :-  काठमाडौँ उपत्यकाका दर्ता केन्द्रको हकमा - शनिवार तथा सार्वजनिक विदाका दिन वाहेक हरेक दिन विहान १०:०० बजे देखि १४:०० बजे सम्म र शुक्रबार १३:०० बजे सम्म मात्र । 

* ५ वटा क्षेत्रिय दर्ता केन्द्रहरूको हकमा – दर्ता आइतबार देखि बिहिबार विहान १०:०० बजे देखि १४:०० बजे सम्म तथा वितरण बिहिबार र शुक्रबार ।

-sajhasabal.com




मतहरू

ArthurDep

3d sex pc games reindeer games sex scene group sex games videos

DonaldArede

anime sex games online reddit best sex games hentai sex games for android

Portable Hunting Searchlight

Durable ZnO for feed Portable Hunting Searchlight


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?