Friday October 23, 2020

かついた」勤務中に爆破予告

१५ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम। 1565



शीतलपाटीन्युज डटकम।

चेचेनहाम, लण्डन। सहारा युकेले हालै ३ दिने क्याम्पीड्ग प्रोग्राम भब्य र बिविध कार्यक्रम गरी सम्पन्न गरेको छ । हरेक बर्ष स्वास्थ्य र तन्दुरुस्तीका लागी, खेलकुद र मनोरंजनका लागी, पारिवारीक मीश्रणका लागी , स्वादिष्ट परिकारका लागी र आन्तरिक पर्यटनका लागी सहारा युकेले बिभीन्न कार्यक्रमको आयोजना गरी स्ट्रेस थकान र अल्छीपनाहरु कम गर्ने प्रयास यस बर्ष पनि गरेको छ।

सहारा युकेका अध्यक्ष मीन बहादुर गुरुड्गको अध्यक्षतामा भयको सो क्याम्पीड्ग कार्यक्रम सहारा युकेका सल्लाहाकार शेरा गुरुड्गको संयोजनमा भयको थियो भने महासचीव कृष्ण गुरुड्गले बिभीन्न कार्यक्रमहरु घोषणा गरी संचालन गरेर अत्यधिक मनोरन्जन प्रदान गराउनु भयको थियो । लाईभ म्युजीक, नाचगान, फुटवल, घैला फोड्ले खेल, ताजा र स्वस्थ्य खाना आदिले मनोरन्जनात्मक भयको क्याम्पीड्गमा क्याम्प फायरको तातोले मज्जा दियको थियो । 

साथै नेपालबाट एनआरएन युकेको “म अनि मातृभुमी नेपाल” कार्यक्रममा पाल्नु भयका महानायक राजेस हमाल र चर्चीत संचारकर्मी दिल भुषण पाठक समेतको बिशेष आतीथ्यता रहेको सो सहारा युकेको कार्यक्रममा सहारा युकेका संस्थापक अध्यक्ष नविन गुरुड्ग , एनआरएन युकेका प्रमुख संरक्षक एवम सहाराका सल्लाहकार डम्वर घले, तमुधीका पुर्व अध्यक्ष रामचन्द्र गुरुड्ग (सुर्जे), तमुधीयुके उपाध्यक्ष हितकाजी गुरुड्ग ,

सहाराका उपाध्यक्ष कुमार गुरुड्ग , सहाराका सल्लाहाकारज्युहरु, सहारा परिवारहरु, बालबच्चाहरु र बेलायतमा चर्चीत नेपाली मम एण्ड रोटीका संचालक एवम ब्रिटीस एअरलाइन्सका बरीष्ठ सेफ विनोद बराल, सहारा युकेका मीडीयाकर्मी बाचस्पति रेग्मी र रविन गुरुड्ग समेत सहभागी रहेको सो कार्यक्रम बाथ शहरको रोमन भवनहरुको दृश्यावलोक गरी समाप्त भयको थियो । शीक्षा र खेलकुदमा बिशेस चासो राख्ने सहारा युके ब्यक्तीगत जीवनमा समेत ख्याल राखी रमाउने गरेको कुरा यो कार्यक्रमले पुष्टी गरेको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?