११ जेष्ठ, २०७६
शीलपाटीन्युज डटकम।
एनसेल प्रा.लि.ले भारत भ्रमणमा जानेहरुका लागि ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ल्याएको छ ।यो प्याक अन्तर्गत एनसेलका ग्राहकले भारतमा रहँदा पनि आफ्ना परिवार तथा आफन्तसँग सुलभ दरमा रोमिङ्ग डेटा सेवामार्फत कुराकानी गर्न सक्नेछन् । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले भारत भ्रमणमा रहँदा हरेक दिन कर बाहेक १०० (रु १२७.६९ कर सहित)रुपैयाँ मा अनलिमिटेड रोमिङ्ग डेटा सेवाको प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । सेवाक लागि भारत जानु अघि वा पुगेपछि ८१७१२९३ डायल गरेर निर्देशन पालना गर्नुपर्ने हुन्छ।एक पटक यो प्याक सुरु गरेपछि नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतःनविकरण हुने र शुल्क भने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्ने कम्पनीले जनाएको छ । भारतमा ठूलो संख्यामा नेपालीहरु व्यापार(व्यवसायमा तथा तीर्थयात्रामा जाने भएकाले यो योजनाले ग्राहकलाई आफ्ना परिवारका सदस्य, साथीभाईसँग सम्पर्कमा रहिरहन सहयोग पुर्याउने विश्वास कम्पनीले लिएको छ ।