Saturday December 07, 2019

प्रधानमन्त्री केपी शर्मा ओली बेलायत आउदै

१३ जेष्ठ, २०७६ शीतलपाटीन्युज डटकम। 1447


प्रधानमन्त्री केपी शर्मा ओली बेलायत आउदै

शीतलपाटी न्युज डटकम।
लण्डन । प्रधानमन्त्री केपी शर्मा ओली बेलायत आउनु हुने समाचार प्राप्त भएको छ। प्रधानमन्त्री ओलीले जुन ९ देखि १५ सम्म यूरोपेली मुलुक बेलायत, फ्रान्स र स्विटजरल्यान्ड भ्रमण गर्न लागेको जनाइएको छ । प्रधानमन्त्री ओलीको भ्रमण तयारीमा सरकारी अधिकारीहरु जुटेको कुरा वीनेपाली डटकमले लेखेको छ ।
ओलीले बेलायतको अक्सफोर्ड विश्वविधालयमा प्रवचन दिने र बेलायती अधिकारीहरुलाई पनि भेट्ने कार्यक्रम छ । तर, बेलायती प्रधानमन्त्री टेरेजा मेले आउँदो महिना पदत्याग गर्ने घोषणा गरिसकेको अवस्थामा ओलीले कुन तहको नेतासँग भेट गर्ने तय भने भै सकेको छैन। यद्यपि मे कामचलाउ प्रधानमन्त्रीका रुपमा भने केही समय रहने छिन् । 

लण्डनस्थित नेपाली दूताबास स्रोतले कार्यक्रम विवरण आगामी साता आउने जनायो ।  बेलायत नेपाल कुटनीतिक सम्बन्ध स्थापना भएको २०३ वर्ष भइसक्दा बेलायती प्रधानमन्त्री एक जनाको पनि नेपाल भ्रमण हुन सकेको छैन् ।
श्रोत:( वीनेपाली)




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?