१३ जेष्ठ, २०७६
शीतलपाटीन्युज डटकम।
लण्डन। नेपालबाट बेलायत आई बसोबास गरेका नेपालीहरुको अत्यन्त लोकप्रिय पर्वका रुपमा फुटबल प्रतियोगिता ‘गोर्खा कप’ हरेक बर्ष संचालन भै अत्यन्त मनोरन्जनात्मक र नेपाली कला संस्कृतिको प्रवर्धन भै रहेको तपाइको छ। यसै अनुरुप २६ मे २०१९ का दिन तमुधिं युकेको आयोजनामा अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा सम्पन्न सो गोर्खा कपको १७औं संस्करणमा प्रथम भै एफसी तुङ्बाले उपाधी हात पारेको छ।
निर्धारित समयमा खेल १–१ गोलमा टुंगिएपछि पेनाल्टी सुट आउटमा रेडिङ्ग युनिटीलाई २ को विरुद्ध ४ गोल प्रहार गरी एफसी तुङ्बा विजयी टिम बन्न सफल भएको हो। त्यस्तै, भेट्रानतर्फ निर्धारित समयमा ० विरुद्ध ० गोल भई खेल बरावरीमा टुंगिएपछि पेनल्टी सुट आउटमा ईलाम एफसीलाई २ विरुद्ध ३ गोल हानी केन्ट एफ.सी. विजयी बनेको थियो।
३२ टिमले भाग लिएको मुख्य खेलतर्फ र १० टीमले भाग लीएको भेट्रान टीमको खेलमा मुख्यतर्फ रेडिङ्ग युनिटीका सुनिल गुरुङ उत्कृष्ट खेलाडी बने भने एलजी लायन्सका जर्सी नं. १० सबभन्दा बढी गोल हान्ने खेलाडी बन्न सफल भए ।त्यस्तै, १० वटा टिमले भाग लिएको भेट्रान खेलतर्फ एफ.सी. केन्टका भास्कर राई टप स्कोरर बने भने एफ.सी. केन्टकै दिल्लीराज थापा म्यान अफ दि म्याच बन्न सफल भए ।
मुख्य खेलतर्फको विजयी टिमलाई २ हजार ५०० पाउण्ड नगद, शिल्ड, खेलाडीहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै, उपविजेता टिमलाई १ हजार ५०० पाउण्ड नगद, ट्रफी र प्रमाणत्र प्रदान गरियको सो प्रतियोगीतामा भेट्रान तर्फको विजयी टिमलाई १ हजार २०० पाउण्ड नगद, शिल्ड, खेलाडीहरुलाई प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । उपविजेता टिमलाई ८०० पाउण्ड नगद पुरस्कार, खेलाडीहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरियको थियो।
उक्त विजेता र उपविजेता टिमहरुलाई प्रमुख अतिथि एवं रस्मोर बरो काउन्सिलकी काउन्सिलर मेयर सु कार्टर, नेपाली दूतावास लण्डनका उपनियोग प्रमुख शरदराज आरन, तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङ, संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, एफ.ए. लिगका कोर्डिनेटर लोरेन्स जोन्स, गोर्खा कपमा मुख्य प्रायोजक आईडिया फर नेपालका प्रमुख कार्यकारी अधिकृत गोकर्ण श्रेष्ठ, चिनचिन, शिरोमणी दवाडी, प्रकाश घिमिरे, बाइसन सोलिसिटर्सकी रवियन अलि, सिटी एक्सप्रेस मनी ट्रान्सफरका करम गुरुङ, मेक्सओर्थ एकाउण्टेन्टस्का राकेश गुरुङ, गोर्खा ट्राभल्सका दिलरास गुरुङ, कर्मा गोर्खा किचन रेष्टुरेण्ट बेजिङ्गस्टोकका एमकुमार गुरुङ लगायतले शिल्ड, पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गर्नु भयको थियो।
तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम संयोजक क्याप्टेन पिताम्वर गुरुड्ग,महासचिव तुलाराम गुरुङले संचालन गर्नु भयको थियो।
रसमोर बरो काउन्सीलकी मेयर सु कार्टर प्रमुख अतिथि रहेको सो कार्यक्रममा नेपाली दूतावास लण्डनका उपनियोग प्रमुख शरदराज आरन, एफ.ए. लिगका कोर्डिनेटर लोरेन्स जोन्स लगायतले गोर्खा कप फुटबल प्रतियोगिता र नेपालीहरुको ठुलो मेलाको आयोजन अत्यन्तै राम्रो सफल रहेको बताएका थिए ।
त्यस्तै, तमुधिं युकेका खेलकुद सचिव एवं गोर्खा कप संयोजक क्याप्टेन पिताम्बर गुरुङले प्रतियोगिताको बारेमा बोलेको सो कार्यक्रममा तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङले खेलाडी, टिम, प्रायोजक, प्रमुख अतिथि, अतिथि, स्टल उद्यमी, व्यापारी, सहभागी लगायत तमुधिं युकेका स्वंयसेवक, कार्यसमिति, सल्लाहकार, युथ, आमा समूहलगायत सबैलाई धन्यवाद दिएका थिए।
सो अवसरमा तमुधिं युकेले पुर्व घोषणा अनुसार गोर्खा वेलफेयर ट्रष्टलाई ५०० पाउण्ड, रसमोर बरो काउन्सिललाई ५०० पाउण्ड र विल्डीङ्ग ट्रष्टलाई ३०० पाउण्ड च्यारिटी रकम हस्तान्तरण गरी सहयोग गरेको थियो।करिब १० हजार दर्शकको उपस्थिति रहेको कार्यक्रममा १० वटा रेष्टुरेन्ट र ४२ वटा अन्य पसलहरु थिए।अत्यन्त सफल र मनोरन्जनात्मक रहेको सो मेलामा नेपाली राजदुबासका द्वितीय सचीव लभ सुबेदी, ऐटेची तेजेन्द्र रेग्मी, तमुधीका पुर्व अध्यक्षहरु, सुबाससींल गुरुड्ग, कमल गुरुड्ग, मुछेन्द्र गुरुड्ग,रामचन्द्र गुरुड्ग(सुर्य), ज्ञाम गुरुड्ग,एनआरएन अन्तराष्ट्रिय उपाध्यक्ष कुल आचार्य, युके अध्यक्ष योग कुमार फगामी, पुर्व अध्यक्षहरु डम्वर घले, सुर्य गुरुड्ग,योगेन क्षत्री,मगर एसोसीयसन अध्यक्ष सुनील राना, यती अध्यक्ष ध्रुब केसी, नेपाल पत्रकार महासंघ युके शाखा अध्यक्ष नरेस खपाड्गी मगर, प्रेष युनीयन अध्यक्ष युके शाखा बिपीन निरौला, सहारा युके अध्यक्ष कुमार गुरुड्ग,बेलायत स्थीत पत्रकारहरु मीलन तमु गुरुड्ग, एसके गुरुड्ग, पुर्ण गुरुड्ग,नविन पोखरेल, चीरन शर्मा, शीव भण्डारी, गणेस खड्का समेतको भीडीयो , फोटो र प्रचारप्रसारले उल्लासमय भयको थियो।
तमुधी युके, गोर्खा हेरीटेज ट्रस्ट र सहारा युकेको निमन्त्रणामा गोर्खा कपमा पाल्नु भयका नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष एवम अन्नपुर्ण FM पोखराका डाइरेक्टर दिपेन्द्र श्रेष्ठ र खेलकुद पत्रकार मंच गण्डकीका पुर्व अध्यक्ष केशवपाठकले अत्यन्त ब्यवस्थीत, मातृभुमी प्रति माया जगाएको, नेपाली कला र संस्कृतीको ब्यापक प्रचार गरी नेपालको पर्यटन प्रवर्धन भयको प्रतिकृया दिनु भयको थियो ।
सयपत्री सास्कृतिक साझको नाच रहेको सो कार्यक्रममा गुल्मी नौमती बाजाको बेजोड प्रस्तुती संगै तमुधी अध्यक्ष नन्दजंग गुरुड्गको नेतृत्वमा बाजागाजा समेत लीयर FA CUP लाई समारोहस्थलमा परिक्रमा गराइएको थियो ।साथीभाईसंगको भेटघाटले रमाएका नेपालीहरु नेपाली खानाले पनि मेला रमाईलो भयको सहभागीहरुले बताएका थिए।