Friday January 24, 2020

खेल पर्यटनको उर्वरभुमी पोखराका पत्रकारहरु सहारा युकेद्वारा सम्मानीत

१४ जेष्ठ, २०७६ शीतलपाटीन्युज डटकम। 1421


खेल पर्यटनको उर्वरभुमी पोखराका पत्रकारहरु सहारा युकेद्वारा सम्मानीत

शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायतमा बसोबास गरेका नेपालीहरुका लागी आयोजना भयको सबै भन्दा ठुलो र रमाईलो कार्यक्रम गोर्खा कप फुटवलको १७औ इभेन्ट्समा बेलायत आयका बेला पोखरामा आधार बनाएर पत्रकारीता गर्नु भयका पत्रकारहरु बेलायतमा सहारा युकेद्वारा सम्मानीत हुनु भयको समाचार छ।

सहारा युकेले बेलायत भ्रमणमा रहेका पोखरेली पत्रकारहरुलाई हिजो २७ मे २०१९ मा एम्पायर हलमा एक समारोह बीच खादा लगाई टोकन अफ लभद्वारा सम्मान गरेको हो।सम्मानीत हुनेहरुमा नेपाल पत्रकार महासंघ, कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठ,खेलकुद पत्रकार मंच गण्डकीका निवर्तमान अध्यक्ष केशव पाठक तथा श्रीमती सावित्री पाठक र राष्ट्रिय भलिवल खेलाडी सिपोरा गुरुड्ग हुनुहुन्छ। 

पत्रकार श्रेष्ठ र पाठक तमुधी युके,गोर्खा हेरीटेज युके र सहारा युकेको निमन्त्रणामा १७ औ गोर्खाकप अवलोकन गर्न २४ मे २०१९ मा बेलायत आईपुग्नु भयको हो। साथै पुर्व राष्ट्रिय भलिवल खेलाडी सीपोरा गुरुड्ग पनि १७औ गोर्खा कप हेर्न अमेरीकाबाट बेलायत आयका बखत यो सम्मान गरीयको हो। 

पोखरालाई आधार लीएर नेपालको पर्यटन बिकास, खेल पर्यटन बिकासका लागी दिलोज्यान दिने पत्रकारहरु तमुधी नेपाल र सहारा क्लव पोखराले गरेका कामको खुलेर प्रचार प्रसारमा गर्नेमा उहाहरुको योगदान मुख्य रहेको छ।


पोखराको पर्यटन र खेल पर्यटनको बिकासमा अग्रपंक्तीमा काम गर्नु हुने बरिष्ठ पत्रकारहरु बेलायतमा रहदा तमुधी युके, सहारा युके र नेपालको खेल क्षेत्रलाई टेवा पुग्ने क्षेत्रको भ्रमण गरी अनुभव लीदै रहदा यो सम्मान कार्य भयको हो।

सहारा युकेका अध्यक्ष कुमार गुरुड्गको अध्यक्षतामा भयको सो कार्यक्रम महासचीव धनु थकालीले संचालन गर्नु भयको थियो भने उपाध्यक्ष कुसाड्ग गुरुड्गले स्वागत मन्तव्य राख्नु भयको थियो।सो अवसरमा पत्रकारद्वय श्रेष्ठ र पाठक एवम खेलाडी सीपोरा गुरुड्गले फुटवलको बिकास संगसंगै परोपकारी कामहरुमा पनि सहारा पोखरा र सहारा युके महत्वपुर्ण भुमीका निर्वाह गरेको प्रशंसा गर्दै धन्यवाद दिनु भयको थियो।

सहारा युके नेपाली समुदाय बिच खेलकुद, परोपकारी कार्य र शीक्षा क्षेत्रमा अत्यन्त कृयाशील संस्थाको रुपमा स्थापित छ।कार्यक्रममा पुर्व अध्यक्ष दिलीप गुरुड्ग, निवर्तमान मीन बहादुर गुरुड्ग,पुर्व बरिष्ठ सल्लाहाकार महेस गुरुड्ग, सहारा युके एफसी अध्यछ्य कृष्ण गुरूङ, सहारा युके एफसी पुर्व अध्यछ्य हरि कुमार श्रेष्ठ, पदाधीकारीहरु, तमुधी युकेका अध्यक्ष नन्दजंग गुरुड्ग, पुर्व अध्यक्ष रामचन्द्र गुरुड्ग, निवर्तमान अध्यक्ष ज्ञाम गुरुड्ग, एनआरएन पुर्व अध्यक्ष मुक्षेत्र गुरुड्ग, सल्लाहाकारहरु, आमा समुह, बगर भाईखलक अध्यक्ष चन्द्रमान गुरुड्ग समेतको उपस्थीती थियो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?