Monday August 08, 2022

आजदेखि सुरु हुँदै विश्वकप क्रिकेट,१० टोली सहभागी

१६ जेष्ठ, २०७६ शीतलपाटीन्युज डटकम। 15288


आजदेखि सुरु हुँदै विश्वकप क्रिकेट,१० टोली सहभागी

शीतलपाटी न्युज डटकम।
लण्डन– एक दिवसिय विश्वकप क्रिकेटको १२ औं संस्करण आजबाट सुरु हुँदैछ ।

इंग्ल्याण्ड र वेल्सका विभिन्न सहरमा आयोजना हुने विश्व क्रिकेटको महाकुम्भमा १० टोली सहभागी छन् । लन्डनमा रहेको दि ओभलमा आज प्रतियोगिताको उद्घाटन हुनेछ ।
विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्डले दक्षिण अफ्रिकाको सामना गर्ने छ । यो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुने छ । घरेलु मैदान दि ओभलमा इंग्ल्यान्डले सन् २०१५ देखि कुनै एकदिवसीय खेल हारेको छैन ।

इंग्ल्याण्ड त्यस जितलाई निरन्तरता दिने लक्ष्यमा रहँदा दक्षिण अफ्रीका पहिलो खेलमा विजयी हुँदै सुखद सुरुवात गर्न चाहन्छ ।

विश्वकप क्रिकेटको यो संस्करणमा १० टोली सहभागी छन् । यी १० टोलीले राउन्ड रबिन लिगको आधारमा एक आपसमा खेल्ने छन् ।लिग चरणमा शीर्ष चार स्थान लिने टोली सेमिफाइनलमा पुग्ने छन् ।

जुलाई १४ तारिखसम्म चल्ने विश्वकप क्रिकेटमा यसपटक आयोजक इंग्लण्डसँगै साविक विजेता अष्ट्रेलिया, दक्षिण अफ्रिका, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, वेष्ट इण्डीज, न्यजिल्याण्ड र अफ्गानिस्तान सहभागी छन् ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?