Friday January 24, 2020

फोनिज युकेको "द जर्नालिष्ट" सार्वजनिक

१८ जेष्ठ, २०७६ शीतलपाटीन्युज डटकम। 1226


फोनिज युकेको "द जर्नालिष्ट" सार्वजनिक

शीतलपाटीन्युज डटकम।
अल्डरसट,लण्डन। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको वार्षिक प्रकाशन ‘द जर्नलिस्ट’ को दोस्रो अंक सार्वजनिक भएको छ ।
शुक्रबारका दिन बेलायतको अल्डरसटस्थित इम्पायर हलमा आयोजित समारोहमा उक्त स्मारिका सार्वजनिक गरिएको हो ।


नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष जंग सुनुवार, फोनिज युकेका संस्थापक अध्यक्ष पूर्ण गुरुङ र वर्तमान अध्यक्ष प्रमिला लाबुङ राई, सल्लाहकारहरु सोनाम छिरिङ शेर्पा, एकेन्द्र गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले संयुक्त रुपमा स्मारिकाको विमोचन गरे ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) विश्वभरि छरिएर रहेका आदिवासी जनजाति पत्रकारहरूको पेसागत संगठन हो । बेलायतमा कार्यरत जनजाति पत्रकारहरूले सन् २०१३ मा फोनिज युके गठन गरेका हुन् । फोनिज युकेमा ३७ सदस्य आवद्ध छन् ।

फोनिज युकेले आफ्नो गतिविधिलाई दस्तावेजीकरण गर्ने क्रममा ‘द जर्नालिस्ट’को पहिलो अंक सन् २०१७ मा प्रकाशित गरेको थियो । सन् २०१७ अगस्टमा सम्पन्न फोनिज युके अधिवेसनले प्रमिला लाबुङ राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । यस कार्यसमितिले अहिले ‘द जर्नालिस्ट’ अंक २, २०१८’ दोस्रो अंक प्रकाशित गरेको छ ।
यो प्रकाशनको सल्लाहकारमा फोनिज केन्द्रका अध्यक्ष डण्डबहादुर गुरुङ र फोनिज युकेका अध्यक्ष प्रमिला लाबुङ राई छन् । यसको प्रधान सम्पादक सोनाम छिरिङ शेर्पा र नेपाल सम्पादक गणेश राई तथा फोटो पत्रकार मिलन तमु छन् ।

यो प्रकाशनमा बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहुधार्मिक लोकतान्त्रिक गणतान्त्रिक देश नेपाललाई हेर्न सकिने सामग्रीहरू समेटिएका छन् । फोनिज केन्द्रका अध्यक्ष र फोनिज युकेका अध्यक्ष तथा रेडियो बिजिडब्लुएसका प्रबन्ध निर्देशक मेजर (रि.) सोनाम छिरिङ शेर्पाको अन्तर्वार्ता रहेका छन् । फोनिज युकेको गतिविधि छन् ।
विमोचित ‘द जर्नलिस्ट’को बारेमा प्रधानसम्पादक शेर्पा, प्रमुख अतिथि सुनुवार र अध्यक्ष राईले प्रकाश पारेका थिए । पत्रकार महासंघ कास्कीका अध्यक्ष श्रेष्ठले नेपाल सरकारले सञ्चार कानुनलाई नियन्त्रण गर्न खोजेकोले आन्दोलन जारी रहेको र त्यसका निम्ति संसारभर कार्यरत नेपाली पत्रकारले साथ दिनुपर्ने बताए ।
फोटोः मिलन तमु




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?