Tuesday October 20, 2020

उपत्यकामा पर्यटन विकासका लागि पर्यटन परिपथ बनाइने

१५ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम 1302



शीतलपाटीन्युज डटकम।

भक्तपुर– उपत्यकाका ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेका पुराना पाँच नगरपालिकाले काठमाडाँं उपत्यकालाई पर्यटन परिपथ बनाउने भएका छन् ।

उपत्यकाका नगरपालिकाहरूको पर्यटन विकास र सांस्कृतिक धरोहरको संरक्षणका बारेमा भक्तपुर नगरपालिकामा भएको छलफलमा सहभागी नगर प्रमुखहरू उपत्यकाका नगरपालिकालाई पर्यटन परिपथका रूपमा विकास गरेर लैजाने बारेमा सहमत भएका हुन् ।

ऐतिहासिक धरोहर, सम्पदा र सांस्कृतिक नगरका रूपमा चिनिएका उपत्यकाका नगरपालिकामध्ये काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका र मध्यपुरथिमी नगरपालिकालाई पर्यटनसँग जोड्ने सहमति भएसँगै पर्यटन परिपथ निर्माण हुने भएको हो ।

काठमाडौं तथा ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाको अनुपातमा मध्यपुरथिमी नगरपालिका र कीर्तिपुर नगरपालिकामा पर्यटकको आगमन कम हुने गरेको छ । एउटा नगरपालिकामा आउने पर्यटकलाई अरू नगरपालिकामा जाने गरी वातावरण तयार पार्न सके उपत्यकाको पर्यटन विकाससँगै यहाँको सम्पदा र संस्कृतिलाई सधैं जीवन्त राख्न सकिने निष्कर्षमा नगर प्रमुख पुगेका छन् ।

काठमाडांै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भक्तपुरको सम्पदा संरक्षण र शिक्षा क्षेत्रमा भएको प्रगति देखेर आफूहरू प्रभावित भएको बताए ।

उपत्यकाका सम्पदा संरक्षणमा मौलिकपन र एकरूपता ल्याएर पर्यटनसँग जोड्ने तथा उपत्यकालाई एकीकृत रूपमा विकास गरेर अगाडि बढाउन सहकार्य गर्ने अभियान सफल बनाउनुपर्ने कामपाका प्रमुख शाक्यले जोड दिए ।

उनले भने, ‘एक नगरपालिकामा आएका पर्यटकलाई अर्को नगरपालिकाको पर्यटकीय गन्तव्यसम्म पु¥याएर वृद्धि गर्न पर्यटक वृद्धि गर्न सकिन्छ, त्यसका लागि नगरपालिकाबीच समन्वय गर्ने सहमति भएको छ ।’ ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सम्पदा र पर्यटकीय क्षेत्रको दृष्टिकोणले सबै नगरपालिकाको आआफ्नो ठाउँमा उत्तिकै महŒव रहेको बताउँदै पर्यटक तान्न समन्वय र थप कार्यक्रम बनाउनुपर्ने बताए ।

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले कीर्तिपुर ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले महŒवपूर्ण भए पनि पर्यटकको आगमन कम भएको अवस्थामा पर्यटकीय परिपथ बनाउन सके पर्यटकको संख्या बढ्ने विश्वास व्यक्त गरे ।

मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भक्तपुरको सम्पदा संरक्षणको कार्य उपत्यकामा मात्रै नभई नेपालमै नमुनाका रूपमा रहेको उनले बताए । उनले सम्पदालाई पर्यटकसँग जोड्ने काम पनि नमुनाका रूपमा अगाडि बढेको बताए । भक्तपुर आएका पर्यटकमध्ये २० प्रतिशत पर्यटक मात्रै मध्यपुरथिमी लैजान सके पर्यटनको विकासमा योगदान पुग्ने धारणा उनको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय सरकार स्वायत्त र आत्मनिर्भर हुनुपर्ने बताउँदै स्थानीय सरकारको अधिकार खोसेर पुरातŒव विभागलाई दिन नहुनेमा जोड दिए ।




मतहरू

sildenafil citrate 100mg lowest price

sildenafil citrate 100mg lowest price


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?