Monday November 28, 2022

एनआरएनए को आठौं विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय साधारण सभा काठमाडौंमा सुरु

१६ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम। 2125



शीतलपाटीन्युज डटकम।

गैर आवासीय नेपाली संघ ११औ युरोपिएन क्षेत्रीय सम्मेलन तथा ९औ महिला क्षेत्रीय दुइ दिने सम्मेलन जुलाई २९ - ३० लक्जम्बर्गमा सम्पन्न भएको छ।आयोजक राष्ट्र एनसीसी लक्जम्बर्गका अध्यक्ष नारायण गुरुङ लगायत सम्पूर्ण टिमलाइ हार्दिक बधाई र यहाहरुले दिनु भएको आथित्य सत्कार प्रति एनसीसी युकेको तर्फ देखि हार्दिक आभार प्रकट गर्न चाहान्छु । 

नेपाल सरकारको पररास्ट्र मन्त्री प्रदिप ज्ञावालीको प्रमुख आथित्य र पूर्व प्रधानमन्त्रि डा बाबुराम भट्टराइको बिशेस अथिती लगायत सासद द्वय डा सुर्य पाठक र राम कुमारी झाक्रीहरुको उपस्थितिमा सो सम्मेलन सुरु भएको थियो।लक्जम्बर्गको  प्रधानमंत्रीको भिडीयो शुभकामना सन्देस, नेपाल सरकारको प्रधानमन्त्री के पी ओली तथा सस्थापक अध्यक्ष एवम प्रमुख सरक्षक  डा उपेन्द्र महतोको लिखित शुभकामना सन्देस बाचन अनि लक्जम्बर्गको शीक्षा तथा बालबालिका मन्त्री तथा एनआरएन संरक्षक जिबा लामिछानेले प्रत्यक्ष र मंच देखि शुभकामनाहरु दिएका थिए ।

शुभ कामना सन्देस संगै नेपाल सरकारका पराराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले संविधानमा प्रत्याभूत भईसकेको एनआरएनको पहिचान र अधिकार तलमाथि नहुने बताएका थिए।

आईतबार एनआरएन यूरोपको ११ औं बैठकको उद्घघाटन गर्दै मन्त्री ज्ञवालीले एनआरएनको नागरिकता सम्बन्धी प्रावधान नेपालको संविधान उल्लेख भईसकेकाले कसैको व्यक्तिगत भनाईमा चित्त नदुखाउन गैर आवासीय नेपालीलाई अनुरोध गरेका थिए।

“व्यक्तिगत रुपमा कोही साथीहरुको भनाईबाट चित्त दुखेको छ “ भने ‘सरी’ भन्न चाहन्छु साथै सरकारको धारणा के हो भन्ने कुरा मुख्य रहन्छ ।कसैको व्यक्तिगत भनाई नेपाल सरकारको आधिकारिक नहुने बताउँदै मन्त्री ज्ञवालीले भने यसमा संबिधानको ब्यवस्था अनुसार हुने स्पष्ट पारे ।कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नो व्यक्तिगत विचारमा एनआरएनलाई राजनीतिक अधिकार सहितको नागरिकता दिनुपर्ने बताए। देशमा रोजगारी पाउन नसकेर विदेश पुगेका नेपालीलाई ज्ञान, सिप र पूँजीसहित स्वदेश फर्किन चाहेमा वन्देज लगाउन खोज्नु गलत भएको समेत डा. भट्टराईले बताए।साथै उनले आर्थिक विकास र संवृद्धिको लागि चिन्तन र सोच प्राथमिकताका रुपमा परिवर्तन हुनुपर्ने बताए ।

कार्यक्रम को रुपरेखा र संचालन क्रममा स-साना कमि कमजोरीहरुको महसुस रहेता पनि समग्रहमा कार्यक्रम सफल भएको छ । कार्यक्रम सफल बनाउन अहोरात्र खटिनु हुने मित्रहरुलाइ बधाई अनि धन्यबाद दिन चाहान्छु ।बिशेष गरि संयोजक शिब बरुवाल र उप संयोजक द्वय एकराज गिरी र गोबिन्द गौतम ज्युहरुलाइ दिन चाहान्छु ।नेपाल र अन्य राष्ट्र  देखि निमन्त्रणा गरि उपस्थित गराइएका रास्ट्रिय कलाकार र स्थानीय कलाकार हरुको दमदार प्रस्तुतिको रौनत अविस्मरणीय रह्यो । सबै भन्दा आनन्द गरि फर्केको मैले त्यहाँ रहेका दोक्ष्रो पुस्ता नानीहरुको सहभागिता र उहाहरुको उत्साहजनक योगदान रह्यो ।झन्डै तिनसय हाराहारीमा रहेको सदस्यहरुले यति भब्यता को साथ सफल पार्नुमा अवस्य पनि कठोर मेहनत रह्यो ।म फेरी पनि आयोजक रास्ट्रलाइ हार्दिक बधाई र धन्यबाद नदिई रहन सकेन। उक्त कार्यक्रममा सहभागिता जनाई दिनु हुने एनसीसी युकेका सम्पूर्ण साथीहरुलाइ हार्दिक आभार प्रकट गर्न चाहन्छु र धन्यबाद पनि ।बिशेष गरी कार्यक्रम संचालनमा सहभागि साथीहरुउपसभापति कुल आचार्य, डा हेमराज शर्मा, संगीता मरहट्टा, फडिन्द्र भट्टराइ, चिरन शर्मा, राम शरण सिम्खडा, मोहन गुरुङ, एलएन पाण्डे, थर्क सेन, सोम सापकोटा, नन्द्र बस्नेत, सुरेन्द्र श्रेष्ठलाई धन्यवाद दिन चाहन्छु।

अन्तमा सहभागिता जनाउने क्रममा लागेका केहि साथीहरुको अन्तिम चरणमा जहाज रद्द भएर उपस्थित हुन सक्नु भएन जसको लागि अर्को बर्ष झन्डै यहि समयमा इटालीमा हुने छ पुर्ब तयारीमा  रहनु होला। म युकेबाट ३३ जना सदस्यहरुको उपस्थिति रह्यो । केहि साथिहरु हिजो फर्कनु भयो भने म, थर्क सेन र केन्द्रिय सह कोषाध्यक्ष सोम सापकोटा आज बिहान सकुसल आइ पुगेका छौ। अन्य साथीहरु आज र भोलि फर्कने क्रम जारी छ ।

निकट कार्यक्रमहरु:

१. १८ अगस्ट मा कार्य समितिको बैठक ।

२. सेप्टेम्बर १ तारिक च्यारिटी डिसाबिलीटी कार्यक्रम ।

३. सेप्टेम्बर २९ तारिक काउन्सिल बैठक ।

दोक्ष्रो चरणको एनआरएन सदस्यता कार्ड (२०१७/२०१९) को वितरण गर्ने क्रममा छौ ,दोक्ष्रो हप्ता देखि कहाँ र कसलाई सम्पर्क गर्ने हामि जानकारी गराउने छौ।धन्यबाद 

यहाँहरुसंग ग्रुप फोटोहरु छन् भने कमेण्टमा राखी दिन उपस्थित सबैलाई अनुरोध छ।

(एनआरएन युके अध्यक्ष योग कुमार फगामीको वालबाट)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?