Friday October 23, 2020

पोखरामा सुजुकी व्राण्डको स्विफ्ट गाडीको एक्सचेन्ज सुरु

१६ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम 1470



शीतलपाटीन्युज डटकम।

पोखरा- मारुती सुजुकी ब्राण्डको लोकप्रिय गाडी स्विफ्टको पोखरामा एक्सचेन्ज कार्यक्रम सम्पन्न भएको छ।

आईतबारबाट सुरु भएको एक्सचेञ्जको मंगलबार अन्तिम दिन सम्म ७ वटा स्विफ्ट गाडी बिक्री भएको र ६ वटा बुकिङ भएको कम्पनीले जनाएको छ। सुजुकीको गण्डकी प्रदेशको आधिकारिक बिक्रेता बतास ब्रदर्श प्रालिले साउन १३ देखी १५ सम्म एक्सचेञ्ज कार्यक्रम गरेको हो । एक्सचेञ्जमा ११.९९ प्रतिशत व्याजदर, पुरानो गाडीको उचित मुल्याङ्कन तथा ४० हजार एक्सचेञ्ज बोनस प्रदान गरिएको बतास ब्रदर्श मारुती सुजुकी डिपार्टका बिक्री प्रवन्धक नवराज अधिकारीले जानकारी दिए ।

‘साउन महिनालाई मोडल अफ दी मन्थको रुपमा लिएर लोकप्रिय मोडल स्विफ्टको आक्रामक बजार विस्तार गर्ने उदेश्य हाम्रो हो।’ अधिकारीले भने,‘ एक्सचेञ्ज कार्यक्रमबाट हामी उत्साहित भयौँ । ग्राहकहरुले स्विफ्ट प्रति राम्रो रेस्पोन्स गर्नुभयो । ब्राण्ड प्रवद्धन गर्ने यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि निरन्तरता दिन्छौँ।’ सुजुकीको नेपालको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले देशभर एकै साथ एक्सचेञ्ज कार्यक्रम संचालन गरेको थियो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?