Sunday December 15, 2019

साधारण सभाको निर्णय पछी आफ्नो पदको घोषणा गर्ने: कृष्ण पौडेल

८ असार, २०७६ शीतलपाटीन्युज डटकम। 1420


साधारण सभाको निर्णय पछी आफ्नो पदको घोषणा गर्ने: कृष्ण पौडेल

शीतलपाटीन्युज डटकम।

लण्डन। गैर आबासिय नेपाली संघ बेलायतको चुनाब नजिकीदै जाँदा आकांक्षीहरुले उम्मेदबारी घोषणा गरेका छन। यसै बिच गैर आबासिय नेपाली संघ राज्य समन्वय परिषद इङगलैन्ड संयोजक पदका आकांक्षी एबं गैर आबासिय नेपाली संघ बेलायतमा उपाध्यक्ष पदका प्रबल दाबेदार कृष्ण पौडेलले गैर आबासिय नेपाली संघ बेलायतको निर्णयको आधारमा पद परिवर्तन गर्ने गरी गैर आबासिय नेपाली संघ बेलायतको एक कार्यकारी पदमा आफ्नो उम्मेदबारी रहने बताएका छन।

 १७ जुनमा भएको मिडलैन्डको संयुक्त चुनाबी घोषणामा पौडेलले यो बताएका हुन। मिडलैन्डका समाजसेबीहरुको १० जुनमा बर्मिङगममा बसेको एकता बैठकले गरेको निर्णय अनुसार चुनाब भन्दा पहिले हुने गैर आबासिय नेपाली संघ बेलायतको बिधान समितीको बैठक र अधिबेसनले राज्य समन्वय परिषद इङगलैन्ड गठन गर्ने र गैर आबासिय नेपाली संघ बेलायतमा क्षेत्रिय उपसभापती बनाउने भएमा पौडेलले रोजेको कुनै एक पदमा मिडलैन्डबाट उनी एक मात्र उम्मेदबार बनाउने सर्तमा गैर आबासिय नेपाली संघ बेलायतको चुनाबमा उपसभापती पदको उम्मेदबारी छाडेका हुन।

यो बारेमा पौडेल संग सम्पर्क गर्दा पौडेलले सहमती अनुसार गैर आबासिय नेपाली संघ बेलामतमा संघको बिस्तारको लागी बिकेन्द्रीकरण जरुरी भएको र आफ्नो पदको परिबर्तन सन् २०१९-२०२१ को कार्यसमितीको उम्मेदबारी दर्ता हुने बेला सम्म गैर आबासिय नेपाली संघ बेलायतको निर्णयको आधारमा जती बेला पनी परिबर्तन हुने तर यो परिबर्तनले मिडलैन्डको एकता कायम नै रहने बताए।

 

गैर आवासीय नेपाली संघ यूकेको आसन्न निर्वाचनका लागि मिडल्याण्डबाट आठ जनाले सामूहिक उम्मेदवारी घोषणा गरे ।

Posted by London Nepal News on Monday, June 17, 2019

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?