Monday August 08, 2022

युकेमा सहारा एकेडमी संचालनका लागी २७ जुलाईमा "सहारा ओपन डे" हुदै : अध्यक्ष कुमार गुरूङ

११ असार, २०७६ शीतलपाटीन्युज डटकम। 8834


युकेमा सहारा एकेडमी संचालनका लागी २७ जुलाईमा "सहारा ओपन डे" हुदै : अध्यक्ष कुमार गुरूङ

शीतलपाटीन्युज डटकम।
लण्डन। सहारा युकेको छैटौ कार्यसमितिको दोश्रो बैठकले  लण्डनको फानवोरोमा "सहारा ओपन डे" को आयोजना गर्ने भयको समाचार प्राप्त भयको छ। बेलायतको अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा सम्पन्न भएको सो बैठकले "सहारा ओपन डे"  आयोजना गर्ने निर्णय गरेको हो। फुटवल खेलका छेत्रमा अगाडी रहेको सहारा युके बैठकले संस्थाका लागि भाबी योजना अन्तरगत नेपाली खेलाडी उत्पादन र प्रोत्साहन गर्ने लक्ष्यका साथ सहारा ओपन डे आयोजना गरी कामलाई अगाडी बढाउने निर्णय गरेको संस्थाका अध्यक्ष कुमार गुरुङले बताउनु भयको छ।


सहारा यूकेले आउदो २७ जुलाई २०१९ मा " सहारा ओपन डे" कार्यक्रमको आयोजना गरि ६ वर्ष भन्दा माथी र १२ वर्ष मुनीका बाल बालिकालाई खेलमा भर्ना गर्न दर्ता शुरु गरिने अध्यक्ष गुरुङले जनाउनु भएका छ। उक्त ओपन डेका दिन गरिने कार्यक्रममा परिबारका सदस्यहरु बिच रमाइलो कार्यक्रम अन्तरगत भेट्रान फुटबल खेलाइने र फुड स्टल राखेर  सबैलाई स्वादिष्ट खानाको व्यबस्था समेत गरिने गुरुङले बताउनु भयो। सहारा युकेका अध्यछ्य गुरूङले अगाडी भन्नु भयो "हाम्रो मुख्य उद्धेश्य नै भावी फुटबल खेलाडी उत्पादन गर्ने नै हो" अरू थप्दै अध्यक्ष गुरुङले–‘हामी अहिले केही क्वालिफाइड फुटबल प्रशिक्षकहरु राखेर र प्रशिक्षण व्यवस्थालाई अगाडी बढाउने छौं" भन्नुभयो।

 कोभ फुटबल क्लब फान्बोरो लण्डनमा २७ जुलाई २०१९ मा हुने सहारा ओपन डे को कार्यक्रममा २५ जना भन्दा बढी फुटवलप्रेमी बालबालिकाहरु दर्ता हुने जनाउँदै आगामी दिनमा उमेर समुह अन्तरगत प्रशिक्षणका लागि दर्ता हुने बालबालिकाको संख्या अनुसार थप प्रशिक्षकहरुको समेत व्यवस्था गरीने योजना छ। बैठकमा " सहारा ओपन डे" सम्बन्धि कार्य योजनाको सहारा एफसीका अध्यक्ष कृष्ण गुरुङ र सहारा एफसीका सिइओ मनोज गुरुङले प्रस्तुत गरेका थिए । नेपाली टिम सन २०२० को मे मा बेलायतमा खेल्न आउने तयारीका बारेमा समेत बैठकमा छलफल गरिएको थियो।
सहारा यूकेले बेलायतमा शुरु गर्न लागेको एकेडेमीका बारेमा समेत कार्यसमीती बैठकमा बृहत छलफल गरिएको थियो । सो अबसरमा संस्थाका पूर्व अध्यक्ष एवम सहारा एकेडेमी युके परियोजनाका संयोजक दिलिप गुरुङले एकेडेमीको परियोजनाका बारेमा प्रस्तुती दिदैं एकेडेमीको संचालनका बारेमा आफ्ना धारणा राख्नु भयको थियो। छैठौ कार्यसमीती बैठकले एकेडेमीको कार्ययोजनालाई अगाडी बढाउन सात सदस्य उपसमिती समेत चयन गरेको छ । सहारा एकेडेमीको प्रोजेक्ट डाइरेक्टरमा कुमार गुरूङ, प्रोजेक्ट संयोजकमा पूर्व अध्यक्ष दिलिप गुरुङ, सह संयोजकमा अल्डरसट टाउन एफसीका पूर्व निर्देशक मेघ बहादुर गुरुङ, सदस्यहरूमा संस्थापक अध्यक्ष नबिन गुरुङ, सहारा एफसीका अध्यक्ष कृष्ण गुरुङ तथा सल्लाहकारको तर्फबाट दिलरास गुरुङ र चन्द्रमान गुरुङ सदस्य रहने गरि एकेडेमीको कार्यलाई तिव्रता दिने बैठकले निर्णय गरेको छ ।

यसै गरि सहारा यूकेको अन्य खेल गतीबिधीमा पनि भाग लिने कार्यक्रम अनुसार पोर्ट्समाउथ युकेमा २०१९ अक्टोबरमा हुने ‘बुपा ग्रेट साउथ रन’ च्यारिटी दौडमा सहभागि हुने बैठकले निर्णय गरेको छ। उक्त १० माइलको च्यारिटी रनमा अध्यक्ष कुमार गुरुङ, पूर्व अध्यक्ष दिलिप गुरुङ र उपाध्यक्ष कुशाङ गुरुङ सहभागिता हुने कार्यक्रम छ।

च्यारिटी दौडमा करिब ५ हजार पाउण्ड संकलन गर्ने लक्ष्य लिइएको बताउँदै अध्यक्ष गुरुङले भने– उक्त रकम आगामी १८ औं आहा रारा गोल्ड कपमा सहारा एकेडेमीको अक्षय कोषका लागि प्रदान गर्ने लछ्य रहेको छ ।’



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?