१२ असार, २०७६
शीतलपाटीन्युज डटकम।
काठमाडौ । २०७५ सालको एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेको हो । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । परीक्षामा सामेल २ जना विद्यार्थीको सबै परीक्षा रद्द भएको छ भने ४८ जनाको आंशिक परीक्षा रद्द भएको छ। नतिजा नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार जानकारी लिन सक्नेछन् । गत चैत १० गतेबाट सुरु भएको एसईई परीक्षामा चार लाख ७५ हजारको हाराहारीमा परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। तीन वर्षअघि भएको शिक्षा ऐन संशोधन अनुसार कक्षा १० को यो परीक्षा प्रदेश स्तरमा सञ्चालन हुनुपर्ने हो। तर, परीक्षा बोर्डले यो परीक्षा प्रदेशस्तरबाट संचालन गराउन सकेको छैन। यो परीक्षा पनि अन्य कक्षाको परीक्षा जतिकै महत्वपूर्ण छ। एसएलसी जस्तो विशेष महत्वको परीक्षा नभएपनि यसलाईको नतिजा तामझामका साथ सार्वजनिक गर्ने प्रचलन अझैं कायम छ।
नेपाल टेलिकमले आफ्ना सबै ग्राहकलाई नतिजा हेर्ने तरिकाको म्यासेज पठाईसकेको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । गत वर्षको चैत १० बाट सञ्चालित एसईई परिक्षाको नतिजा प्रकाशनको लागि अन्तिम रुजु र क्रस चेकिङको काम बुधबार मात्र सकिएकाले नतिजा प्रकाशन आज गर्न लागेको हो । बिहीबार दिउँसो १ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । ‘सबै तयारी सकिएको छ, नतिजामा विगतमा झैँ त्रुटि नदोहोर्याउन भनेर पुनः परीक्षणलाई जोड दिएका हौँ,’ उनले भने ।
यस्ताे छ नतिजाकाे सारांश
बुधबार मध्यान्हसम्म बोर्ड बैठक नडाकिएको र अन्तिम रुजु र ममम काम सकिएकाले आज बैठक बोलाईएको बोर्ड अध्यक्ष चन्द्रमणि पौडेले बताएका थिए । परीक्षाको नतिजा सम्बन्धि विवरणहरु हेर्न सकिने ब्यवस्थाका सूचना जारी गरिसकिएको परीक्षा नियन्त्रक अधिकारीको भनाइ छ। परीक्षा नियन्त्रण कार्यालयले हिँजै सार्वजानिक सूचना जारी गर्दै विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट परीक्षाको नजिता थाहा पाउन सकिने जनाएको छ। २०७५ चैत १० गतेदेखि सन्चालन गरिएको परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। सम्बन्धित निकायले नतिजा आउँदैछ प्रतिक्षा गर्नुहोस् भनिसक्यो ।
यसबर्ष राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा चैत १० गतेबाट शुरु गरी २१ गते बिहीबारसम्ममा सकाएको थियो । चैत १० र ११ गते लगातार अनिवार्य अंग्रेजी र नेपालीको परीक्षा थियो । चैत १३ गते अनिवार्य गणित र १४ गते अनिवार्य विज्ञानको परीक्षा थियो । प्राविधिक धारको समेत गरी चैत २१ गते सबै परीक्षा सम्पन्न भएको थियो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चलेको थियो । परीक्षामा नियमित र एक्जाम्टेड गरी पौने ६ लाखको हाराहारीमा विद्यार्थी सहभागी थिए । नतिजा हेर्नका लागि {नतिजा हेर्ने यो तरिकालाई सबै समक्ष पुर्याउन सक्दो सेयर गरिदिनुहोला । } : परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरकाे बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बाेर्डले जनाएको छ ।
त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरकाे www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरकाे www.neb.gov.np र एनसेल प्रा. लि.काे www.ncell.axiata.com मा गएर पनि परीक्षाकाे नतिजा हेर्न सकिने बाेर्डले जनाएको छ । यसपटक परीक्षा बोर्डले सातवटै प्रदेशमा प्रदेशगत रुपमा नतिजा प्रकाशन गर्नेछ । नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन् ।