Sunday November 27, 2022

एनआरएन युकेको आचार संहिता मीचीयको भन्दै ज्ञापनपत्र

१८ असार, २०७६ शीतलपाटीन्युज डटकम । 3827


एनआरएन युकेको आचार संहिता मीचीयको भन्दै ज्ञापनपत्र

शीतलपाटीन्युज डटकम।

लन्डन । गैरआवासीय नेपाली संघ युके अध्यक्षका चारजना प्रत्यासी उम्मेदवारले एनआरएनए आईसिसी सदस्य रामशरण सिंखडा उपर निर्वाचन आचार संहिताविपरीत कार्य गरेको आरोप लगाउँदै कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका छन। एनआरएनए युकेको आगामी सेप्टेम्बर १४ मा हुने निर्वाचनमा अध्यक्षका प्रत्यासीहरु शेर सुनवार, प्रेम गहामगर, शुशिला राई र ललित न्यौपानेले एनआरएन युकेका अध्यक्ष योगकुमार फगामीलाई आइतवार कारबाहीको माग गर्दै एक ज्ञापन पत्र बुझाएका छन् । संयुक्त उजुरीमा कुनै एक उम्मेदवारका पक्षमा लविङ गर्ने, जातीय र राजनीतिक समूह बनाउँदै हिँडने, उम्मेदवारका सामाजिक संजालमा लाइभ गर्ने र भोट माग्दै हिँड्ने गरेको आरोप लगाइएको छ ।

सो क्रियाकलापबाट राष्ट्रिय महाधिवेसन सन्चालनसम्बन्धी नियमावली २०१९ को उल्लंघन भएको दाबी गरिएको छ ।

ज्ञापनपत्र :



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?