Thursday October 01, 2020

विश्वकपमा अन्तिम आठको टुंगो, ब्राजिललाई बेल्जियमको चुनौती

२२ असार, २०७५ शीतलपाटीन्युज डटकम 1375



शीतलपाटीन्युज डटकम।

काठमाडौं । विश्वकप फुटबलमा अन्तिम १६ का सबै खेल सकिएका छन्। मंगलबार राति इंग्ल्याण्ड र कोलम्बियाको खेल सकिएपछि विश्वकप २०१८ का प्री–क्वार्टर फाइनल चरण समाप्त भएको हो।

फिफा वरीयताको दोस्रो स्थानमा रहेको ब्राजिल र तेस्रो स्थानमा रहेको बेल्जियमको खेल निकै रोमाञ्चक हुने विश्लेषकहरुको आँकलन छ। अन्तर्राष्ट्रिय खेलकुदमा यी दुई टोलीको भेट चारपटक मात्र भएको छ। ब्राजिलले तीन पटक र बेल्जियमले एक पटक मात्र जित निकालेको छ। पछिल्लो पटक यी दुई टोलीको भेट सन् २००२ को विश्वकपमा भएको थियो जसमा ब्राजिलले २–० ले हराएको थियो। ब्राजिलले प्री–क्वार्टरफाइनलमा मेक्सिकोलाई २–० ले हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको हो। बेल्जियमले एसियाको पावरहाउस जापानसँग ३–२ को संघर्षपूर्ण जित निकाल्दै ब्राजिलसँगको भेट पक्का गरेको हो।

ब्राजिलको टोलीमा थिएगो सिल्भा, नेइमार, पाउलिन्हो, फिलिप काउटिन्हो जस्ता स्टार खेलाडी छन्। बेल्जियममा पनि इडन हार्जाड, रोमेलु लुकालु जस्ता युवा खेलाडीले भरिएको छ। त्यस्तै शनिबार हुने दुई खेलले विश्वकपको अन्तिम चारको टुंगो लगाउने छ। शनिबार इंग्ल्याण्डले स्वीडेनसँग खेल्दा आयोजक रसियाले क्रोयसियासँग खेल्ने छ।

विश्वकपको इतिहासमा चार पटक भेट भएका स्वीडेन र इंग्ल्याण्डले चारै पटक बराबरी खेलेका छन्। अन्तराष्ट्रिय फुटबलमा यी दुईको भेट २४ पटक भएको छ। जसमा इंग्ल्याण्डले ९ पटक जित दर्ता गर्दा स्वीडेनले सात पटक जितेको छ। त्यस्तै ८ पटक यी दुई टोलीले बराबरी खेलेका छन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?