Wednesday October 16, 2019

लण्डन फेलथाममा भीसीहरूको शंझना र सम्मान

२५ असार, २०७६ शीतलपाटीन्युज डटकम । 1206


लण्डन फेलथाममा भीसीहरूको शंझना र सम्मान

शीतलपाटीन्युज डटकम।
लण्डन। लण्डन फेल्थामको कम्युनिटी कलेजको फुटवल मैदानमा गोर्खा नेपलिज कम्युनिटी लण्डन वरो अफ हन्स्लोले १० औँ भिसी कपसहित भिक्टोरिया क्रसको तक्माबाट विभूषित गरिएका बहादुरहरूका पनि बहादुर १३ जना वीर गोर्खालीहरूलाई सम्झना गरी सम्मान प्रदान गरेको छ । गोर्खाली समाजहरू बेलायत भरि थुप्रै रहे तापनि अदम्य साहसी वीर गोर्खालीहरूको सम्झना स्वरूप भिसी कपसहित भिसी मेमोरियल गर्ने संस्था गोर्खा नेपलिज कम्युनिटी लण्डन वरो अफ हन्स्लो मात्र रहेको छ ।



 प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, विशेष अतिथिमा एमपी सीमा मलहोत्रा, उपमेयर रघुविंदर सिधु, काउन्सिलर विष्णु गुरुङ, काउन्सिलर हानी खान, काउन्सिलर हिना मिर, गोर्खाली आर्मीमा उच्च पदमा पुग्नुभएका लेफ्टेनेन्ट कर्नेल याम राना, लेफ्टेनेन्ट कर्नेल टोल खाम्चा लगायत थुप्रै गोर्खा अफिसरहरूको उपस्थिति रहेको सो कार्यक्रम संस्थाका महासचीव देव कुमार राईले संचालन गर्नु भयको थियो। सो अवसरमा भिसी गजे घलेका सुपुत्र डम्मर घले र भिसी तुलबहादुर पुनकी सुपुत्री माया पुनको विशेष उपस्थिति रहेको थियो । रोयल ब्रिटिश लिजनसहित क्याडेट फोर्सले मार्चपास गरेको परेडमा जोन वेदर्सले परेड कमाण्डर गरेका थिए भने डिपुटी लेफ्टेनेन्ट लण्डन वरो अफ हन्स्लोले जनरल सलुट लिएको थियो ।

नेपाली परिकारसहित खानाको टेन्ट रहेको यस भेलामा विभिन्न जानकारीका लागि टेन्ट पनि राखिएको थियो । बेलायतको सबैभन्दा ठूलो च्यारिटी साफाका बारेमा काउन्सिलर विष्णु गुरुङ र बम थापा (सूर्यवङ्शी) द्वारा जानकारी टेन्ट, ए स्टारका मीन दर्लामी र किशोर रानाले मोर्गेजबारे जानकारी दिनका लागि टेन्ट राखिएको थियो भने सारु इमेजका प्रोप्राइटर भीम सारूद्वारा कस्टम प्रिन्टसहित विभिन्न आर्मीका समान राखिएको थियो । संस्थाका अध्यक्ष डोल मल्लको अध्यक्षतामा गरिएको यस कार्यक्रमका संयोजक संस्थाका खेलकुद सचिव लाल रोकाले गरेका थिए । संस्थाका महासचिव देवकुमार राईले सञ्चालन गरेको कार्यक्रममा संस्थाका सचिव बम थापा (सूर्यवङ्शी) ले मेमोरियल परेड सञ्चालन गरेका थिए ।

संस्थाका सल्लाहकार पोमु लिम्बूको संयोजकत्वमा ताइक्वान्डो शो राखिएको थियो भने अति नै मनमोहक स्थानीय नेपाली कलाकारहरूको नृत्यसहित पाइपर र धौलागिरि नौमती बाजा भएको यो कार्यक्रममा ठूलो संख्यामा नेपालीहरूको सहभागिता रहेको थियो ।

फुटबल अन्डर १६, भेटेरेन र मेन टिम गरी ३ प्रकारका टिम खेलकुद सचिव लाल रोकाको संयोजकत्वमा गरिएको थियो । अन्डर १६ को उपविजेता १९७ फेल्थाम भएको छ भने एफसी केन्ट विजय भएका छन् । त्यस्तै गरी भेटेरनका डिएफसी उपविजेता र इलाम एफसी विजेता भएको छ । भेटेरनले धेरै गोल गरेर टप स्कोरको उपाधि बीबीसीका मिलन राईले पाए भने म्यान अफ दि म्याच डिएफसीका प्रेम लिम्बुले पाएका छन् ।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?