Sunday April 02, 2023

नेपाललाई आज सिरिजलाई बराबरी मौका

१८ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम 1629



शीतलपाटीन्युज डटकम।

काठमाडौं । पहिलो अन्तर्राष्ट्रिय एकदिवसिय खेलमा नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको नेपाललाई आज सिरिजलाई बराबरी मौका रहेको छ ।

आजको खेलमा नेपालले नेदरल्याण्ड्सलाई हराउन सकेमा यस सिरिजको ट्रफीको संयुक्त विजेता हुने तथा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सीलको (आईसीसी) को बरियतामा पनि यथा स्थानमा रहन सहयोग पुग्ने छ ।

पहिलो खेलमा केहि गल्तीहरु गर्नाले नेपालले खेलको अधिकांस समय राम्रो प्रदर्शन गर्दागर्दै हार व्योहोर्नु परेको थियो । यस्तोमा आज उक्त गल्तीलाई दोहोरिन नदिएमा नेपालले जित हासिल पार्न समर्थ छ ।

नेपालले हालसम्म नेदरल्याण्ड्सलाई ५० ओभरको क्रिकेटमा हालसम्म २ पटक हराइ सकेको छ । पहिलो पटक युगाण्डामा भएको विश्वकपको छनौट खेलमा तथा दोश्रो पटक वल्र्ड क्रिकेट लिगको खेलमा पनि नेपालले नेदरल्याण्ड्सलाई हराइसकेको छ । यस्तोमा आजको खेलमा पनि नेदरल्याण्ड्सलाई हराउन सक्षम छ ।  

पहिलो खेलको तुलनामा यस खेलमा केहि खेलाडिहरु परिवर्तन गरिने पक्का छ । शक्ति गौचनको स्थानमा ललित राजवंशी खेल्नेछन् भने करन केसीको स्थानमा ललित भण्डारीले मौका पाउने सम्भावना रहेको छ । त्यस्तै घाइते रहेका शरद भेषावकर शत प्रतिशत ठिक नभएमा रोहित पौडेलले तल्लो क्रम सम्हाल्नेछन् ।

 

त्यस्तै ओपनिङमा सुवास खकुरेलले मौका पाउने पनि सम्भावना रहेको छ । अनिल साहले पहिलो खेलमा औसत प्रदर्शन गरेपनि सुवासलाई ओपनिङमा स्थान दिनु टोलीको हितमा छ ।

आजको खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।

नेपालको सम्भावित ११

सुवास खकुरेल/अनिल साह
ज्ञानेन्द्र मल्ल
पारस खड्का
दिपेन्द्र सिंह ऐरी
आरिफ शेख
रोहित पौडेल/शरद भेषावकर
बसन्त रेग्मी
सोमपाल कामी
ललित भण्डारी
सन्दीप लामिछाने
ललित राजवंशी

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?