Friday January 24, 2020

अबिरल वर्षा परिरहेको मौका छोपी नेपालगञ्जका नौ पसलमा एकैसाथ चोरी

२९ असार, २०७६ शीतलपाटीन्युज डटकम 1153


अबिरल वर्षा परिरहेको मौका छोपी नेपालगञ्जका नौ पसलमा एकैसाथ चोरी

शीतलपाटीन्युज डटकम।

अबिरल वर्षा परिरहेको मौका छोपी गए राति नेपालगञ्जको व्यस्त सुर्खेतरोडका नौ पसलबाट लाखौँको धनमाल चोरी भएको छ । प्रमोद किराना पसल, भोलेबाबा फर्निचर, क्रियटिभ आल्मुनियम, शाह इलेक्ट्रोनिक्स, डेको फर्निचर, उषा टे«डर्स, प्रभा किराना पसल, कुञ्ज टे«डर्स र शोभा टे«डर्समा चोरी भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । 

उनका अनुसार, तीन किराना पसलबाट झण्डै रु एक लाख नगद र मोबाइल रिचार्जकार्ड चोरी भएको खुल्न आएको छ । ‘के कति चोरी भएको छ भन्ने यकिन भइसकेको छैन, मुचुल्का उठाउने काम भइरहेको छ’, उनले भने, ‘चोरले नगद मात्र उठाएको छ, जहाँ नगद भेटिएको छैन, त्यहाँबाट अन्य कुनै सामान नलगेको पाइएको छ ।’

दुई÷दुई वटासम्म बलिया ताल्चा लगाएको सटरसमेत फोडेको भेटिएको छ । जिल्ला र वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख फेरबदल भएको बेला नेपालगञ्जमा चोरीका घटना बढेका छन् । शहरमा चोरीका घटना बढेपछि शनिबार साँझ मात्र नेपालगञ्जका इलेक्ट्रोनिक्स व्यवसायी सुरक्षा माग गर्दै जिल्ला प्रहरी कायालय बाँके पुगेका थिए । गए राति एकैपटक नौ पसलमा चोरी भएपछि व्यवसायी त्रसित बनेको नेपालगञ्जका इलेक्ट्रोनिक्स एशोसिएसनका अध्यक्ष चिरञ्जीवी वलीले बताए ।

एशोसिएशनले नेपालगञ्जको धम्बोझी, पुष्पलालचोक, त्रिभुवनचोक, सेतुविक, विपीचोकजस्ता मुख्य ठाउँमा रहेका प्रहरीलाई सक्रिय बनाउन र अन्य क्षेत्रमा नियमित गस्ती गर्न माग गरेको छ । सिसीटिभी क्यामेरा जडान गरिए पनि काम नगरेको भन्दै व्यवसायीले त्यसलाई सुधार गर्न माग गरेका गरेका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?