Sunday December 15, 2019

उद्धार तथा राहत तीवः एउटै जिल्लामा दुई लाखसम्म पीडित

३० असार, २०७६ शीतलपाटीन्युज डटकम 1079


उद्धार तथा राहत तीवः एउटै जिल्लामा दुई लाखसम्म पीडित

शीतलपाटीन्युज डटकम।

अविरल वर्षापछिको बाढीको विपत्तिमा परेका तराई क्षेत्रका बासिन्दाको उद्धार तथा राहतमा तीव्रता दिइएको छ । वर्षापछिको बाढी र पहिरोमा परी कैयौँको ज्यान गएको छ भने कैयौँ घरबारविहीन भएका छन् । मध्य र पूर्वी क्षेत्रमा अत्यधिक वर्षासँगै ठूला, मझौला तथा साना नदीको बहाव बढेर मानव बस्तीमा पस्दा प्राकृतिक विपत्ति निम्तिएको हो । 

तराईका विभिन्न जिल्लामा उद्धारपछि संरक्षित क्षेत्रमा राखिएकालाई अत्यावश्यक राहत उपलब्ध गराइएको प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय जनप्रतिनिधिहरूले जानकारी गराएका छन् । 

झन्डै दुई लाख पीडित
महोत्तरी जिल्लाका सबै क्षेत्र डुबानमै रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । रातु, विगी, अकासी, जङ्घाहा, मराहा लगायतका स्थानीय खोला बस्तीमा पसेको हो । उनले भने, “दसवटा नगरपालिकाका ४० हजार घरपरिवार अलपत्र छन्, झन्डै दुई लाख मानिसलाई राहत र संरक्षण दिन कठिनाइ छ। ”

सरकारी कार्यालय, कारागार सबै डुबानमा परेकाले समन्वय गर्न पनि साधनस्रोत अभाव रहेको उनी बताउँछन् । उद्धार गरेकामध्ये बस्ने ठाउँ नै नभएकालाई गाउँपालिका भवन, स्कुल, सामुदायिक भवन र उच्च क्षेत्रमा सुरक्षित गरिएको छ ।  यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?