Monday July 04, 2022

लण्डन आइपुगे गुल्मेली कलाकार बैकुण्ठ र सुशिला विमानस्थलमा मै भब्य स्वागत

१८ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम 111380



शीतलपाटीन्युज डटकम।

शिव भण्डारी/लण्डन । लोकदोहोरी गायक बैकुण्ठ महत र गायिका सुशिला गौतम गुल्मी जिल्ला समाज यूकेको वार्षिक भेला कार्यक्रममा प्रस्तुति गर्न लण्डन आइपुगेका छन् । 

आइतबार अल्डरसटको कनर्ट स्कुलमा आयोजना हुने कार्यक्रमका लागि कलाकारद्धय महत र गौतम विहिबार सांझ लण्डन उत्रिएका हुन् । 

कलाकारहरुको स्वागतका लागि समाजका अध्यक्ष राम गलामीको नेतृत्वमा गुल्मेलीहरुको एक जम्बो टोली हिथ्रो विमानस्थलमै पुगेको थियो । 

अध्यक्ष गलामीसंगै  उपाध्यक्षहरु फडिन्द्र भट्टराई र टोप पल्ली, महासचिव शिव भण्डारी, सचिव बीर बलाल, सहकोषाध्यक्ष राम सापकोटा,  सांस्कृतिक सचिव मुना सापकोटा, सल्लाहकार गोकर्ण बस्नेत,  ओम बुढाथोकी, माया केसी , ज्ञान छन्त्याल  लगायतले विमानस्थलमै कलाकारलाई न्यानो स्वागत गरेका थिए । 

कलाकारहरु उत्साहित

गुल्मी जिल्ला समाजको निमन्त्रणामा बेलायत आउने कलाकार महत र गौतम दुवै गुल्मेली हुन् ।

पछिल्लो डेढ दशकदेखि नेपाली लोकसंगीतको क्षेत्रमा सक्रिय गायक महतका ’मान्छेको जिन्दगानी’, ’दुई कुराले ठग्यो’, ’मादल’, ’हाम्रो नेपाल हामी नेपाली’, ’बटौली गाउंतिर’ लगायतका गीत चर्चित छन् ।

त्यस्तै, गायिका सुशिला गौतमका पनि  ’माइतीको माया’, ’बसायो बामरी हरर’, ’गफ लायो सोल्टीले’, ’रातो भाले’, ’जवानीले ढुनुमुनु बनायो’ लगायतका गीतहरु दर्शक श्रोतामाझ लोकप्रिय छन् । 

कार्यक्रमका लागि पहिलोपटक लण्डन आइपुग्दै गरेकी गायिका सुशिला उत्साहित देखिन्थिन् । ुनिकै खुशी र उत्साहित छु पहिलोपटक कार्यक्रम गर्न बेलायत आउन पाएकोमाु, सुशिलाले सुनाइन्, ुबेलायतमा बस्ने नेपाली दाजुभाई दिदीबहिनीहरुमाझ विशेष प्रस्तुति दिने तयारीसहित आएकी छु ।ु

गायक बैकुण्ठ महत पनि बेलायतमा कार्यक्रम गर्न आएको यो पहिलोपटक हो । ुहामी बेलायत आउंदै गर्दा खुशी त छौं नै,  संवेदनशिल पनि छौं , बैकुण्ठले भने, ुयहां आउनु मात्रै भन्दा पनि बेलायतका दर्शक , श्रोतालाई मन पर्ने गरेर प्रस्तुति दिन सक्नु बढि महत्वपुर्ण छ । त्यसप्रति हामी सचेत र संवेदनशील छौं ।ु 

विमानस्थलमा उत्रिनेवित्तिकै पाएको न्यायो स्वागतबाट दंग कलाकारद्धयले अगस्ट ५ को आफ्नो कार्यक्रममा उपस्थित भइदिन बेलायतबासी सबै नेपालीहरुलाई आग्रह पनि गरेका छन् । 

कार्यक्रमको तयारी पूरा

यता वार्षिक भेला कार्यक्रमका लागि तयारी लगभग पूरा भएको समाजले जनाएको छ । 

नेपालबाट आएका कलाकारहरुको अलावा प्रथम नौमति बाजा गुल्मी यूकेको विशेष प्रस्तुति रहने कार्यक्रममा स्थानीय कलाकारका विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि देखाइनेछ । 

कार्यक्रमस्थलमा मौलिक गुल्मेली झ्याउरे, ठाडो भाकादेखि रोइला र भजनसम्मका प्रस्तुतिको विशेष आकर्षण पनि रहनेछ । 

झण्डै १५ सय जनाको उपस्थिति रहने अपेक्षा गरिएको कार्यक्रम बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षकै ठूलो र रमाइलोमध्येको एक मानिन्छ । 

समाजले लोकदोहोरी गायक बैकुण्ठ महत र गायिका सुशिला गौतमबेलायतबासी गुल्मेली तथा गैरगुल्मेली सम्पुर्ण नेपालीहरुलाई आव्हान गरेको छ ।
 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?