Saturday August 15, 2020

प्राकृतिक प्रकोपका घटनाको पूर्व सूचना दिने ‘सेन्सर’ उपयोगी....

३१ असार, २०७६ शीतलपाटीन्युज डटकम 1224


प्राकृतिक प्रकोपका  घटनाको पूर्व सूचना दिने ‘सेन्सर’ उपयोगी....

शीतलपाटीन्युज डटकम।

निरन्तरको वर्षाले बाढी, पहिरो र ढुवानका घटना बढिरहेको अवस्थामा प्रकोपका यस्ता घटनाको पूर्व सूचना दिने ‘सेन्सर’ उपयोगी हुने देखिएको छ । युवा बैज्ञानिकद्वय राम–लक्ष्मण रिमालले तयार गरेको पहिरोको पूर्व सूचना प्रणाली (ल्यान्ड डिसप्लेसमेन्ट सेन्सर) को परीक्षण सफल भएपछि गोरखाका विभिन्न भेगमा प्रयोगमा आएको छ ।

राम–लक्ष्मण इनोभेसन्स्ले गोरखाको उत्तरी भेगमा अवस्थित साविकको केरौंजा गाविस (हालको चुननुब्री गाउँपालिका) र गोरखाकै उत्तरी भेगको लापुको खानीगाउँ वस्तीमा पहिरोको पूर्व सूचना दिने प्रणाली जडान गरेको हो ।

बस्ती वरिपरि गाडिने सेन्सरले जमिनमा सामान्य कम्पन हुनेबित्तिकै पहिरो प्रभावित क्षेत्रका बासिन्दालाई साइरनमार्फत अग्रिम सूचना दिने गर्छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) सँगको सहकार्यमा राम–लक्ष्मण इनोभेसन्स्ले चुननुब्रीमा तीन वर्षअघि सेन्सरको नमूना परीक्षण गरेको थियो । सो परीक्षण सफल भएपछि यसवर्ष धार्चे गाउँपालिका–७ को लापुको खानीगाउँका विभिन्न ४ ठाउँमा ल्यान्ड डिसप्लेसमेन्ट सेन्सर जडान गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?