Friday September 25, 2020

भारतीय क्रिकेट टिममा परिवर्तनको यस्तो संकेत...

३१ असार, २०७६ शीतलपाटीन्युज डटकम 1470


भारतीय क्रिकेट टिममा परिवर्तनको यस्तो संकेत...

शीतलपाटीन्युज डटकम।

विश्वकप २०१९ को सेमिफाइनलबाट आउट भएपछि भारतीय टिममा ठूलो परिवर्तन हुने संकेत देखिएको छ । अब पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई टिमबाट आउट गर्नेदेखि वर्तमान कप्तान विराट कोहलीलाई एकदिवसीय र टी–२० को कप्तानी बाट हटाउनेसम्मको चलखेल सुरु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बीसीसीआईका अनुसार अब कोहलीलाई हटाएर रोहित शर्मालाई एकदिवसीय र टी–२० को कप्तान बनाउने र कोहलीलाई टेस्ट क्रिकेटको कप्तानमा मात्रै सीमित राख्ने तयारी गरिएको छ ।अर्को वर्ष अस्ट्रेलियामा हुने टी–२० विश्वकप र २०२३ मा भारतमै हुने एकदिवसीय विश्वकपको तयारी तत्कालै सुरु गर्ने भन्दै रोहितलाई कप्तान बनाउने विषयमा बीसीसीआईमा छलफल भइरहेको छ ।

हुन त रोहितले पनि भारतीय टिमको कप्तानी गरिसकेका छन् । विराट नभएका बेला रोहितले कप्तानी गर्दै एसिया कपसमेत जिताएका थिए । अहिले कोहली टेस्ट र रोहित एकदिवसीय र टी २० को कप्तान बनेमा भारतीय टिममा २ जना कप्तानसँगै खेल्ने छन् । यो पहिलो घटना भने हुने छैन् । यसअघि अनिल कुम्बले टेस्ट क्रिकेटको कप्तान हुँदा महेन्द्रसिंह धोनीले एक दिवसीय र टी २० को कप्तानी सम्हालेका थिए ।

यो पनि पढ्नुहोस… धोनीलाई क्रिकेटबाट सन्यास लिन दबाब- भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीको आलोचना पछिल्लो समय बढ्दै गएको छ । उनलाई अहिले क्रिकेटबाट सन्यास लिन सित्तैमा सल्लाह दिनेको भीड पनि धेरै छ । तर केही समर्थकहरु भने धोनीको पक्षमा रहँदै सन्यास लिन दबाब दिनुको साटो उनले भारतीय टिममा गरेको योगदानको कदर गर्दै अन्तिम निर्णय लिने अधिकार धोनीमाथि छाड्नु पर्नेमा जोड दिइरहेका छन् ।धोनीले अन्तर्राष्ट्रिय क्रिकेटमा हासिल गर्नुपर्ने सबै उपलब्धि हासिल गरेकाले उनले आफैँ सन्यास लिन दिनु पर्ने उनीहरुको तर्क रहेको हो ।

टाइम्स अफ इण्डियाका अनुसार इंग्ल्याण्ड विश्वकपमा उनको ब्याटिङका कारण पनि भारतीय टिम पराजित भएको आरोप लगाउँदै टिम छनोट समितिका संयोजक एमएसके प्रसादले धोनीलाई अब टिमबाट बाहिर राख्नु पर्ने संकेत गरेका थिए ।एमएसके प्रसादका अनुसार धोनीको खेलबाट आफूहरु आश्चर्यमा परेको भन्दै धोनीको प्रदर्शन इतिहासमै कमजोर रहेको छ । धोनीबाट अब आक्रामक ब्याटिङ आशा गर्न नसकिने भएकाले अब युवा खेलाडीहरुलाई मौका दिनु पर्ने बेला आएको उनको भनाइ थियो । भारतले अब वेस्टइण्डिजविरुद्धको सिरिज खेल्दै छ । यो सिरिजका लागि शुक्रबार हुने टिम छनोटमा धोनी पर्ने सम्भावना एकदमै न्यून रहेको बीसीसीआईलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।




मतहरू

Dyson Vacuum Cleaners

The dyson air purifier fan automatically removes 99.97 percent of allergens and pollutants as small as 0.3 microns such as pollen, bacteria and pet dander from your home. The 360 degree, vacuum-sealed glass HEPA filter removes indoor air pollutants while a second layer of activated carbon captures household odors and potentially harmful toxins such as paint fumes. Purifies all year round cools you as a fan in summer.

droga5.net

droga5.net

Caasietyc

Lasix 40 mg pharmacy Lasix 40 mg generic Lasix 40mg for sale cost of Sildenafil 150mg cheap Sildenafil 200mg Sildenafil 120 mg purchase Viagra 100mg over the counter Viagra 25mg medication Viagra 150 mg no prescription Cialis 20mg tablet Cialis 40 mg purchase Cialis 80mg without a doctor prescription Finasteride 5mg australia cheapest Finasteride 5mg cheap Finasteride 5mg


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?