Friday October 23, 2020

विमान दुर्घटनापछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द (अपडेट)

१९ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम 1492



शीतलपाटीन्युज डटकम।

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पिच उप्किएपछि उडान–अवतरण बन्द भएको छ । धावनमार्गमा समस्या देखिएपछि शुक्रवार बिहान ११.१० बाट विमानस्थलमा उडान अवतरण रोकिएको हो । विमानस्थल बन्द भएपछि आधादर्जन विमान आकाशमै होल्ड भएका छन् भने उडान तालिकाअनुसार विमानहरु उड्न पाएका छैनन् । वर्षायाममा विमानस्थलको धावनमार्गमा पटक–पटक पिच उप्किने समस्या देखिने गरेको छ ।

विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले भने २० मिनेट अवरुद्ध भएको उडान अवतरण सुचारु भइसकेको बताए । तर, मर्मतमा केही प्राविधिक काम बाँकी रहेकाले केही समय अझै लाग्ने विमानस्थलका एक प्राविधिकले बताए । पिच उप्किएमा तत्काल टाल्ने र त्यो आधा घण्टाभित्र सुक्ने प्रविधि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा प्रयोग गर्ने चलन छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?