Friday October 02, 2020

जलस्रोत नीति अन्तिम चरणमा, जलविद्युत विकास छैटौं प्राथमिकतामा राखियो

२२ असार, २०७५ शीतलपाटीन्युज डटकम। 1509



शीतलपाटीन्युज डटकम।

जलविद्युत उत्पादनमार्फत आर्थिक समृद्धिको परिकल्पना गरेको सरकारले यो क्षेत्रको विकासलाई छैटौं प्राथमिकतामा राखेको छ । पहिलो पटक तयार गरिएको राष्ट्रिय जलस्रोत नीतिमा जलविद्युत विकास कम प्राथमिकतामा परेको हो । देशमा उपलब्ध जलस्रोतको समुचित उपयोग गर्दै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यले सरकारले पहिलो पटक राष्ट्रिय जलस्रोत नीति तयार गर्दैछ । नीतिको मस्यौदा अन्तिम चरणमा छलफल भइरहेको छ । नीतिले जलस्रोत उपयोगको हकमा पहिलो प्राथमिकतामा खानेपानी राखेको छ । नीति ८.१.३ को रणनीति ८.१.३.२ मा पानीको बाँडफाँड यथासम्भव आयतनको आधार (भलुमेट्रिक बेसिस) मा गरिने उल्लेख छ । रणनीति ८.१.३.३ मा भनिएको छ– जलवायु परिवर्तन लगायत कारणबाट पानीको चरम अभाव भए उपलब्ध पानी कानुनी व्यवस्थासमेत गरी बाँडफाँड गरिनेछ । जसअनुसार पहिलो प्राथमिकथतामा मानव उपयोगका लागि आवश्यक पिउने पानी छ । यसो त संविधानले समेत पिउने पानीलाई मौलिक अधिकार कायम गरेको छ । पछिल्ला वर्षमा विद्युतसमेत मौलिक हकको रूपमा उपयोग भइरहेको छ । विगतदेखि नै सरकारले उच्च प्राथमिकतामा राखेको जलविद्युत सिँचाइकै हाराहारीमा हुनुपर्ने यस क्षेत्रका जानकारको टिप्पणी छ । यसैगरी, दोस्रो पशुधन रक्षाका लागि आवश्यक पनी, तेस्रो जलचर रक्षाका लागि आवश्यक पानी, चौथो सिँचाइ, पाँचौं धार्मिक सांस्कृतिक वातावरण संरक्षण, छैटौं जलविद्युत, सातौं औद्योगिक प्रयोजन, आठौं जलयातायात, नवौं आमोद–प्रमोद र पर्यटन तथा दशौं प्राथमिकतामा अन्य उपयोग उल्लेख छ । अन्तिम चरणमा रहेको मस्यौदाका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अग्रसरतामा बुधबार प्रदेशका मन्त्रीहरूबीच छलफलसमेत भएको छ । प्रदेशको धारणा तथा जलस्रोत उपयोगलाई समन्यायिक बनाउन छलफल राखिएको थियो ।

- उर्जा खवर

Read more at: http://www.urjakhabar.com/archives/12138




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?