Saturday May 08, 2021

डायस्पोरा साहित्य पुरस्कार सुरेशजङ्ग शाहलाई

५ श्रावण, २०७६ शीतलपाटीन्युज डटकम । 2311


डायस्पोरा साहित्य पुरस्कार सुरेशजङ्ग शाहलाई

कोमल मल्ल-

श्रावण-४ काठमाडौ , कवि समूह नेपाल र गोङ्गबु साहित्य समाज गोङगबुद्वारा कवि समुह नेपालको वार्षिक उत्सव तथा २०६औँ भानु जयन्तीको उपलक्षमा एक भव्य साहित्यिक समारोहको आयोजना गरी नेपाली भाषा सहित्यको क्षेत्रमा उल्लेखनिय योगदान पु-याउनु हुने विभिन्न व्यक्तित्वहरूलाई नगद पुरस्कार र प्रशंसापत्रद्वारा सम्मान अर्पण गरिएकोछ ।

काठमाडौ गोङ्गोबु स्थित लुनार इन्टरनेस्नल बोर्डिङ स्कुलको समारोह हलमा आयोजित समारोहमा रु.पन्ध्र हजारको दोश्रो डायोस्पोरा साहित्य पुरस्कार बेलायतका वरिष्ठ साहित्यकार श्री सुरेश जङ्ग शाहलाई प्रदान गरिएको छ । बेलायतमा सन् १९९५ मा नेपाली साहित्य विकास परिषद् यूके को स्थापना गरी नेपालि भाषा साहित्यको प्रचार प्रसार र विकासमा झन्डै तीन दशक समय देखि अनवरतरूपमा लागिपरिरहेका वरिष्ठ साहित्यकार सुरेश जङ्ग शाहले कविता सङ्ग्रह, कथा सङ्ग्रह, नाटक सङ्ग्रह, उपन्यास, जीवनी सङ्ग्रह ,संस्थागत इतिहास दस्तावेज र गीत एल्बम् आदि डेढ् दर्जन जति मौलिक कृतिहरू प्रकाशित गर्नुका साथै नेपाली साहित्य विकास परिषद् यूकेको संस्थापक तथा निवर्तमान अध्यक्ष र वेलायतमा सन् १९९२ देखि विभिन्न समयमा सगरमाथा टाइम्स, यती पत्र, कोसेली, लण्डन पोष्ट र लालीगुराँस साहित्यक पत्रिका तथा म्यागेजिन लगायतका पत्रपत्रिकाहरूको प्रधान सम्पादक रही डायसपोरामा नेपाली भाषा साहित्यको संरक्षण र संवर्धनमा अत्यन्त महत्वपूर्ण योगदान पु-याए बाफत प्रदान गरिएको हो ।

यसैगरी उक्त समारोहमा पुरस्कृत हुनुहुने अन्य व्यक्तित्हरूमा वरिष्ठ कवि,चलचित्र निर्देशक ,मुक्तककार तथा साहित्यकार श्री यादब खरेललाई पचासौ बर्ष नेपाली साहित्यको सेवा गरे बापत,नेपाली साहित्य विकास परिषद् यूके का सहअध्यक्ष कवि डा. गोपाल पौड्याल “मण्डने”लाई बेलायतमा गएर १९९२ मा बेलायतको लण्डन बाट हस्तलिखित पत्रिका सगरमाथा टाइम्स प्रकाशन गरी डायोस्पोरामा ब्यबसायिक नेपाली पत्रकारिताको थालनी गरे बाफत, कवि सूर्य लाकोजुलाई अक्षरमार्ग मासिक प्रकाशन तथा नेपाली साहित्यको श्रीबृद्धी गर्न अनबरत रुपमा लागि परे बाफत, कवि तथा गीतकार बसन्तराज श्रेष्ठ, स्वास्थ तथा साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्कर अथक रेग्मी, साहित्यकार श्रीमती सीता बिष्ट कार्कीलाई नेपाली भाषा साहित्यकाे विभिन्न बिधामा कलम चलाएर भाषा साहित्यकाे श्री बृद्विमा निरन्तर लागे बापत तथा भर्खरै राष्ट्रिय लोक दोहोरी गित प्रतियोगितामा प्रथम भएकी गोर्खाकि गाइका सुश्री बबिता बानिया जेरि तथा सिन्धुपाल्चोकका लोक दोहोरी गायक श्री प्रदिप रोक्कालाई नेपाली लोक भाका तथा काठे भाका लगायतका धेरै लोक भाकाको उत्थान गरे बाफत विशेष सम्मान गरियो।

उक्त भब्य समारोहमा विभिन्न कवि कबियत्रीहरुबाट रचना वाचन गरिएको थियो भने बबिता बानिया ,जेरि प्रदिप रोक्का र लुनार स्कुलका प्रिन्सिपलले दोहोरी गित गाएर माहौल तताउनु भएको थियो। यसैगरी विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, खेलाडी, कलाकार, पत्रकार, मिडियाकर्मी, साहित्यप्रेमी र साहित्य सर्जकहरुको बाक्लो उपस्थिति भएको थियो। प्रमुख अतिथिको रुपमा पाल्नु भएका कवि श्री मुकुन्द शरण उपाध्यायज्यूले राष्ट्रिय विभुती आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरी पानसमा दीप प्रज्वलित गरी कार्यक्रमको समुत्घाटन गर्नुभयो भने कबि समूह नेपाल तथा गोङ्गबु साहित्य समाजकाअध्यक्ष द्वयले तथा कार्यक्रमका सभापतिज्यू तथा उपस्थित संपूर्णले पालैपालो आदिकवि भानुभक्त आचार्यको तस्बिरमा फूलमाला चढाएर भावपूर्ण श्रद्धा सुमन अर्पण गर्नुभएको थियो। नेपाली राष्ट्रिय गान बाट शुरु भएको उक्त कार्यक्रममा तारा केशीज्यूले स्वागत मन्तब्य दिनु भएको थियो । गोङ्गबु साहित्य समाजकि अध्यक्ष द्वारिका कुइकेलको अध्यक्षतामा सम्पन्न उक्त समारोहको वरिष्ठ कवि श्री मुकुन्द शरण उपाध्याय प्रमुख अतिथि हुनुहुन्थ्यो। कार्यक्रमको सन्चालन कार्यक्रम संचालक कुष्णदेव रिमाल र कान्ति शिखा धितालले गर्नु भएको थियो।




मतहरू

MyronNip

free online dating sites free online dating

Javiercophy

tinder dating app , tinder app tindr


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?