Thursday August 22, 2019

अधीबेशनले ग्रेटर रसमोर नेपाली कम्युनिटीको अध्यक्षमा रामधन राई र महासचीवमा प्रमीला लावुङ राई निर्बिरोध निर्वाचीत

५ श्रावण, २०७६ शीतलपाटीन्युज डटकम । 1261


अधीबेशनले ग्रेटर रसमोर नेपाली कम्युनिटीको अध्यक्षमा रामधन राई र महासचीवमा प्रमीला लावुङ राई निर्बिरोध निर्वाचीत

बाचस्पति रेग्मी।

अल्डरसट, लण्डन। ग्रेटर रसमोर नेपाली कम्युनिटीको आज एक भब्य महाअधिबेशन भयो । कम्युनिटीका महासचीव मान गुरुड्गले उदघोषण गर्नु भयको सो कार्यक्रम संस्थाका अध्यक्ष जीव नारायक्ण बेलवासेको अध्यक्षतामा भयको थियो ।

नेपालीहरुको बाक्लो बासस्थान रहेको यो कम्युनीटी २००३ मा नेपालीहरुको हितका लागी गठन गरीयको थियो भने रसमोर बरो काउन्सीलसंग मीलेर धेरै कामहरु गरेको छ । बेलायत बस्ने नेपालीहरुले राजधानी कै रुपमा मानेको यो ग्रेटर रसमोर नेपाली कम्युनिटी अत्यन्त प्रतिष्ठीत पनि छ। नेपालहरुको गोरखा कप फुटवल हुने यो ठाउ नेपालवाट आउने भीआईपी पाहुना आउने मुख्य थलो नेपालीको मुख्य हट पनि हो। आर्मीको शहरले चिनीने यो रसमोरमा ब्रिटीस गोर्खाको Queens Of Gurkha Logistics Regiment अफिस समेत रहेको महत्वपुर्ण ठाउ र धेरै नेपालीहरुको आफ्नै घर रहेको स्थान हो।

संस्थाका बरिष्ठ उपाध्यक्ष रामधन राईले स्वागत मन्तब्य दिनु भयको सो कार्यक्रममा पुर्व अध्यक्षहरु मधुकर गुरुड्ग, रामचन्द्र सुर्जे गुरुड्ग, ओम बहादुर थापा काउचा र सल्लाहाकार वीर बहादुर थापाले संस्था र समाजले रसमोर नेपानी कम्युनिटीलाई दिएको योगदानको चर्चा गर्नु भयको थियो। रि मेजर कुल बहादुर थापा, रि क्याप्टेनहरु हरि बहादुर थापा, बिष्णु श्रेष्ठ, पुर्ण बहादुर गुरुड्ग,उपाध्यक्ष नेम थापा,उपाध्यक्ष रंजीता मल्ल, एसीयन महिला एसोसीयसनकी पुर्व अध्यक्ष अमीता वेलवासे, पर्वत अन्तराष्ट्रिय समाजका अध्यक्ष पुरन गीरी, पाल्पा जिल्ला समाज युकेका अध्यक्ष बाचस्पति रेग्मी, फोनिज युके अध्यक्ष प्रमीला लाबुड्ग राई, गोरखा इनफरमेसनका डाईरेक्टर पुर्ण गुरुड्ग, दिलीप गुरुड्ग, जुमकाजी गुरुड्ग र बरिष्ठ समाजसेवीहरुको भब्य उपस्थीती थियो।

महासचीव मान गुरुड्गले नेपाली कम्युनिटीले गरेका र मनाएका भीर्टोरीया डे,फाएर, वाक, फुड फेस्टीवल,रसमोर वसलीवाक,नारी दिवस, नेपाली न्यु इयर सेलीब्रेसन,बिभीन्न च्यालेनजेज र पुरस्कारका बारेमा प्रतिबेदन प्रस्तुत गर्नु भयको थियो।अध्यक्ष जीव बेलवासेले सम्पुर्ण काममा समाजका अभीयन्ताहरुको एकताले नै रसमोर कम्युनिटी सफल रहेको भन्दै सबैलाई धन्यवाद दिदै कमीटीको कार्यकाल पुरा भयको घोषणा गर्दै कमीटी निर्वाचनका लाागी भंग गरी निर्वाचन संयोजक समाजसेवी संयोजक एकेन्द्र गुरुड्गलाई हस्तान्तरण गर्नु भयको थियो। कार्यक्रममा ग्यारी घले, क्यापटेन बिष्णु श्रेष्ठ, माया केशी, ले आफुलाई लागेको सुझाव र सल्लाहा दिनु भयको थियो । कोषॉध्यक्ष टोप पल्लीले प्रस्तुत गर्नु भयको आयब्यय बिबरण बहुमतले पास भयको थियो ।

साथै ट्याम्पटेसन अल्डरसटमा निर्वाचन संयोजक सल्लाहाकार एकेन्द्र गुरुड्ग सदस्यहरू सल्लाहाकार मेजर कुल थापा, पुर्व अध्यक्ष रोहित गुरूङ , निवर्तमान अध्यक्ष ओम थापा काउचा, सल्लाहाकार बाचस्पति रेग्मी र पदम राईको टीमले गरेको निर्वाचनले ग्रेटर रसमोर नेपाली कम्युनिटीको २ बर्षे कार्यकालका लागी अध्यक्षमा रामधन राई,उपाध्यक्षहरुमा नेम थापा, रन्जीता मल्ल, मीया केशी र मान गुरुड्ग, महासचीव प्रमीला लावुड्ग राई, सचीव लीला सेलिड्ग मावो, कोषाध्यक्ष टोप पल्ली, सह कोषाध्यक्ष दिपक घले, युथ कोअर्डिनेटर निलम राई,सदस्यहरुमा थाम बहादुर बिक, जुमकाजी गुरुड्ग, थमन राना,दिल नेपाली, चन्द्र बहादुर राई, ध्रुव राई निर्बिरोध चयन हुनु भयको छ। यस पुर्व सो नेपाली कम्युनीटीको अध्यक्ष जीव बेलवासे हुनुहुन्थ्यो । बेलवासेको कार्यकाल सफल रहेको र रसमोर बरोबाट समेत पुरस्कृत हुनु भयको थियो।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?