Wednesday December 01, 2021

सहारा युकेद्वारा थ्रीस्टार क्लवका क्याप्टेन बिक्रम लामालाई बेलायतमा सम्मान

७ श्रावण, २०७६ शीतलपाटीन्युज डटकम । 1627


सहारा युकेद्वारा थ्रीस्टार क्लवका क्याप्टेन बिक्रम लामालाई बेलायतमा सम्मान

शीतलपाटीन्युज डठकम।

अल्डरसट, लण्डन। नेपाली राष्ट्रिय फुटबल टोलीका उपकप्तान भै सकेका एवम थ्री स्टार क्लबका कप्तान विक्रम लामालाई सहारा क्लव युकेले २२ जुलाइमा एक कार्यक्रममको आयोजना गरी स्वागत एवम सम्मान गर्यो। भेटघाट रेष्टुरेन्ट अलडरसट युकेमा अध्यक्ष कुमार गुरूङको अध्यक्षतामा भयको सो कार्यक्रम सचीव बाचस्पति रेग्मीले संचालन गर्नु भयको थियो। कप्तान लामालाई सहारा युकेका अध्यक्ष कुमार गुरूङ, उपाध्यक्ष कुन्साङ गुरूङ र सहारा युकेका संस्थापक अध्यक्ष नविन गुरूङले खादा लगाई सहाराको टोकन अफ लभ दियर सम्मान गर्नु भएको थियो।

नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ युके बेलायतका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीको पहलमा बेलायत भ्रमणमा आउनु भयका लामाले नेपालमा फुटवल खेलको अवस्था ट्रेडिसनल रूपमा नै चलीरहेकोले आसा गरे जस्तो प्रगती नभयको बताउनु भयको छ। बेलायत भ्रमण गर्दै खेल मैदानहरू र खेल हेर्दै गर्दा खेलका लागी आवस्यकता अनुसारको प्रबिधी देख्ने मौका पाए। मलाई बेलायत निमन्त्रणा गरेर अध्ययन भ्रमण र तालिम गर्ने मौका दियर धेरै सीक्ने मौका पायको बताउदै जसले गर्दा मलाई नेपालमा फुटवल खेलको बिकास गर्न अरू प्रेरणा मीलेको बताउनु भयको छ। क्याप्टेन लामाले सहारा युकेका अध्यक्ष कुमार गुरूङलाई थ्रीस्टार फुटवल क्लवको लोगो दियर सम्मान गर्नु भयको थियो।

सहारा युके अध्यक्ष कुमार गुरुङले सहारा युके बारे जानकारी दिदै आगामी बर्ष ३० मे २०२० का दिन नेपाली राष्ट्रिय फुटबल टिम तथा बेलायतको फुटबल टिम बीच म्याच हुने निश्चीत भयको जानकारी दिनु भयको थियो। पोखराको सहारा एकेडेमीलाई गरेको सहयोगको चर्चा गर्नु हुदै उहाले आउदो शनिबार २७ जुलाईका दिन फार्नबारोस्थित कोभ फुटबल स्टेडियममा ओपन डेको आयोजना गर्न लागिएको समेत बताउनु भयो। बेलायतमा रहेका नेपाली फुटवल खेलाडीलाई इड्गलीस टीममा भर्ना गराउने पुलको काम गर्न यो गरीयको हो उहाले थप्नु भयो। आवस्यकता र समयको माग संगै परिवर्तनको कारण बेलायतमा पनि सहारा एकेडेमीको स्थापनाको सोचाइ आयकोले सहारा ओपन डे गर्न लागीएको बताउनु भयो ।

अध्यक्ष गुरुड्गले सो अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटवल खेलको तयारीका लागि इण्ल्याण्ड फुटबल क्लव, हमसायर एफए, युके नेपाली फ्रेन्डसीप सोसाईटीका अध्यक्ष एलान सान्का, बेलायतस्थीत नेपाली राजदूतावास, ब्रिटीस आर्मी फुटबल क्लब र नेपाली राष्ट्रिय तथा अन्न्तराष्ट्रिय खेलाडि संघ युके र सहारा युकेबीच आवश्यक छलफल र बैठक भैरहेको जानकारी दिनु भयको थियो।

सहारा एफसी पूर्व अध्यक्ष हरि कुमार श्रेष्ठ, एफसी सचिव कुमार थापा, अल्डरसट टाउन फुटबल क्लवका पूर्व डाईरेक्टर मेग गुरुङ, पूर्व राष्ट्रिय खेलाडीहरु ओम गुरुङ, अनिल गुरुङ, प्रकाश खड्का, पत्रकार नविन पोखरेल, फोटो पत्रकार मिलन तमु, सल्लाहकार तथा तमु धिं युके वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङ, सल्लाहाकार कमल गुरुङ, सल्लाहाकार कृष्ण गुरुङ र डिलरास गुरुङ, गोरखा इन्फरमेसनका डाइरेक्टर पुर्ण गुरुड्ग लगायतको बिशेष उपस्थिति रहेको कार्यक्रम भब्य भयको थियो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?