Monday January 27, 2020

लन्डनमा ब्रिटिश नेप्लीज प्रिमियर लिग सुपर ८ कर्पोरेट क्रिकेट खेल हुदै

८ श्रावण, २०७६ शीतलपाटीन्युज डटकम । 1398


लन्डनमा ब्रिटिश नेप्लीज प्रिमियर लिग सुपर ८ कर्पोरेट क्रिकेट खेल हुदै

शीतलपाटीन्युज डटकम।

लन्डन। लन्डनको साउथहल मैदानमा अगस्तको दोश्रो हप्ता मैत्रिपूर्ण क्रिकेट प्रतियोगिता हुने भएको छ । लन्डन ग्रीनफोर्ड स्थित केटिएम ट्राभल एण्ड टुर्सको आयोजनामा हुन लागेको ऐतिहासिक खेल ब्रिटीस- नेप्लीज टीम बिच हुने भयको छ। यो खेल हुन लाग्दा नेपाल र नेपालीकै गौरवको बिषय बनेको छ ।

लन्डनमा पहिलोपटक हुन लागेको “ब्रिटिश नेप्लीज प्रिमियर लिग सुपर ८ कर्पोरेट क्रिकेट प्रतियोगिता”- ११ अगस्त २०१९ को बिहान ८ देखि सांझ ८ बजेसम्म साउथहलको लन्डन टाइगर्स स्पोर्टस कम्प्लेक्स मैदानमा प्रतियोगिता हुनेछ। सो खेलको तयारी बारेमा शनिबार सांझ डेनहमस्थित मंक रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले कार्यक्रम सार्वजनीक गरेका हुन्।पत्रकार सम्मेलनमा टुर्नामेन्ट डाइरेक्टर विनोद विकास सिम्खडा, इभेन्ट डाईरेक्टर सुनिल थापा, अपरेसन डाईरेक्टर अभिषेक भट्टराई र टिम डाईरेक्टर विक्रम गुरुङले खेलका पक्षबारे प्रष्ट्याएका थिए ।

उक्त अवसरमा टिम ‘ड्र’ गरी बेलायतमा रहेका ६ व्यावसायिक टिमबीच एकै दिन ८ ओभरको रोमाञ्चक खेल हुने टुर्नामेन्ट डाईरेक्टर सिम्खडाले बताए । उनले आइसीसी मापदण्ड अनुरुप नै खेल खेलाइने र पर्याप्त सुरक्षा व्यवस्था पनि गरिने जनाए। बेलायतमा हुने नेपाली इभेन्टमध्ये यो प्रतियोगिता सर्वाधिक पुरस्कार राशीको हुने र प्रतियोगिताको कुल बजेट कम्तीमा १० हजार पाउण्ड खर्च हुने अनुमान गरिएको छ ।

इभेन्ट डाईरेक्टर सुनिल थापाले बेलायतमा रहेका युवा खेलाडीलाई प्रोत्साहन र उनीहरुको खेल विकास साथै युवाबीच अन्तरघुलन गराउने उद्देश्यले आफ्नो ट्राभलले प्रतियोगिता परिकल्पना गरेको बताए । ‘पहिलोपटक हामीले यो खेल आंटेकाले चुनौतिपूर्ण पनि छ’, थापाले भने। ‘तर यसले बेलायतको नेपाली समुदायमा पृथक रचनात्मक क्रियाकलापको शुभारम्भ हुने हाम्रो विश्वास छ “ भन्दै लण्डन नेपाल न्युजलाई भन्नु भयको छ।

प्रतियोगीतामा भाग लिने टिमहरु मध्ये ब्रिगेड अफ गोर्खाजलाई रेड २७ मोबाइल, टेन क्यूओजिएलआरलाई पिपल स्टेट एजेन्ट, गोर्खाज कन्सट्रक्सन ह्यारोलाई गोर्खा कन्सट्रक्सन, डांफे क्रिकेट क्लब ग्रीनफोर्डलाई एचटिआर केयर एण्ड रिक्रुटमेन्ट, हिमालयन क्रिकेट क्लबलाई योर ड्राइभिङ स्कुल र नव युवा क्रिकेट क्लबलाई खुकुरी बियरले प्रायोजन गर्ने आयोजकले जनाएका छन् । प्रेषमीट कार्यक्रममा प्रायोजकका तर्फबाट पिपल स्टेट एजेन्टका सूर्य गुरुङ, योर ड्राइभिङ स्कुलका होमराज बिष्ट, गोर्खा कन्सट्रक्सनका प्रमिस श्रेष्ठ, एचटिआर केयर एण्ड रिक्रुटमेन्टका टंक भट्टराई लगायतले विभिन्न जिज्ञासा राखेका थिए ।

केटिएम ट्राभल एण्ड टुर्सका प्रबन्ध निर्देशक सुनिल थापाले प्रतियोगितामा खेल इन्ट्रीको लागी £१०० लाग्ने र उत्साहजनक सहभागिता हुने विश्वास व्यक्त गरेका छन् । उनले आयोजकले तयारीलाई तीब्र पारिरहेको पनि जानकारी दिएका छन। बिजेता टिमलाईट्रफी सहित नगद पुरूष्कार दिइने र म्यान अफ दि म्याच समेत पुरूस्कारको ब्यवस्था गरीएको समाचार छ। खेल कार्यक्रमको प्रत्यक्ष प्रशारण लन्डन नेपाल न्यूज डट कमले गर्ने भयको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?