Wednesday December 01, 2021

सहारा युके ओपन डे भब्य, ३५ खेलाडी भर्ना

१२ श्रावण, २०७६ शीतलपाटीन्युज डटकम। 2359


सहारा युके ओपन डे भब्य, ३५ खेलाडी भर्ना

शीतलपाटीन्युज डटकम।

फानबोरो लण्डन। बेलायतको फानब्रो स्थीत कोभ फुटबल क्लबमा हिजो २७ जुलाईमा सहारा युकेले सहारा ओपन डे कार्यक्रम गरी बेलायतमा सहारा एकाडमीको भबिष्यको रुपरेखा कोरेको छ। नेपाली फुटवल खेलाडीहरुलाई अंग्रेजी टीममा जाने बाटो सहज बनाउन र फुटवल खेल मार्फत नेपाल र नेपाली खेलाडीहरुलाई लाभान्वित गराउन यो ओपन डे को आयोजना गरेको हो। बेलायतमा खेलकुद र सामाजिक संस्थाको रुपमा अग्रणी भूमिका निर्वाह गरिरहेको संस्था सहारा यूके संस्थाका अध्यक्ष कुमार गुरुङ र सहारा एफसीका अध्यक्ष कृष्ण गुरुङले प्रशिक्षकलाई बल हस्तन्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरीयको थियो।

“सहारा यूके ओपन डे”को अभियान अन्तरगत सुरु भएको कार्यक्रममा ६ देखी १४ बर्ष सम्मका ३५ जना बालकहरु पहिलो दिनमा नै भर्ना भै सहभागीता जनाएको कुरा संस्थाका महासचिब धनु थकालीले बताउनु भयको छ। यो पहिलो दिनको ब्यापक सहभागिताले सहारा युके निकै उत्साहीत भयको छ। “संस्था स्थापनाको ११ वर्ष पछि हाम्रो उद्धेश्य पुरा हुँदै गयको जनाउदै, हाम्रो पहिलो पाइला आजबाट अगाडी बढाएको” कुरा महासचीवले थप्नु भयको छ।

फुटबल प्रशिक्षण कार्यक्रममा अझै थप बालकहरु सहभागी हुन सक्ने महासचिब थकालीले बताउनु भयको छ। “अहिले ६ देखि १४ वर्ष उमेर समुहकालाई यो प्रशिक्षण अभियानमा सम्लग्न गरेका छौं” भन्दै उहाले अगाडी थप्नुभयो–“आगामी दिन यो संख्या निश्चय बढनेछ र सहारा यूकेले महिनामा कति दिन प्रशिक्षण संचालन गर्ने भन्ने बारे बैठक बसेर छिटो टुँगो लगाइने छ” उहाले बताउनु भयो।

३५ जना बालक फुटवल खेलाडीहरुलाई मेडल लगाई स्वागत गरीयको सो कार्यक्रम महासचीव धनु थकालीले संचालन गर्नु भयको थियो भने सहारा एकेडेमीको धारणा बारे पुर्वअध्यक्ष एवम संरक्ष दिलीप गुरुड्गले प्रस्तुति राख्नु भयको थियो। अहिले प्रशिक्षण अभियान भन्रा भएका बालकहरुलाई ह्याम्प्शायर फुटबल संघका फुटबल डेभलप्मेन्ट म्यानेजर तथा फुटबल प्रशिक्षक कृष स्मिथ र सोही संस्थाका महिला प्रशिक्षक एलेक्स तथा सहारा एफसीका यूवा तथा खेलकुद संयोजक सञ्जिब रानाले पहिलो दिनको प्रशिक्षण दिएका थिए।

एनआरएन युकेका अध्यक्ष योग कुमार फगामी प्रमुख अतिथी रहेको सो कार्यक्रममा तमुधी युकेका अध्यक्ष नन्दजंग गुरुड्ग, तमुधी युकेका संघका संस्थापक अध्यण मीन गुरुड्ग सीकलिसे, पुर्व अध्यक्षहरु रामचन्द्र( सुर्य) गुरुड्ग, कमल गुरुड, एनआरएन उपाध्यक्ष पुनम गुरुड्ग, सहारा युके निवर्तमान अध्यछ्य मीन गुरूङ, बगरभाईखलक युके अध्यछ्य चन्द्रमान गुरूङ, तमुधी उपाध्यक्ष बरिष्ठ उपाध्यक्ष हितकाजी गुरुड्ग, सहारा एफसी अध्यक्ष कृष्ण गुरुड्ग, पुर्व अध्यक्ष हरि कुमार श्रेष्ठ, अल्डरसट टाउन फुटवल क्लवका पुर्व बोर्ड अफ डाइरेक्टर मेघ गुरुड्ग, सहारा युके उपाध्यक्ष कुसाड्ग गुरुड्ग, मंन्जु गुरूङ राई, सपन कुमार राई , सल्लाहाकारज्युहरु, कार्यसमीती सदस्यहरु, आमा समुहरु लगायतको बिबिक्यु समेत आयोजना गरीएको सहारा ओपन डे भब्य भयको थियो ।

सन २००८ मा बेलायतमा स्थापना भएको सहारा यूके सहारा क्लब पोखराको भातृ संस्था हो । सहारा यूकेको प्रयासमा पोखरामा सहारा एकेडेमीको बनेको र सहारा हङकङ, सहारा अष्ट्रेलियाले पनि सहारा क्लब पोखराका भातृ संस्थाको रुपमा समेत फुटबल बिकासमा योगदान दिएका छन ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?