Wednesday December 01, 2021

नेपाल इन्टरनेसनल फेडरेसन बोडी बिल्डीड्ग लीग प्रतियोगीतामा मनन गुरूङ "मीष्टर नेपाल युके"

१३ श्रावण, २०७६ शीतलपाटीन्युज डटकम । 4801


नेपाल इन्टरनेसनल फेडरेसन बोडी बिल्डीड्ग लीग प्रतियोगीतामा मनन गुरूङ "मीष्टर नेपाल युके"

बाचस्पति रेग्मी।
लन्डन। नेपाल इन्टरनेशनल फेडरेसन बडी बिल्डिङ लिगद्वारा आयोजित शारिरीक सुगठन प्रतियोगितामा मनन गुरुङ मीष्टर नेपाल युके "च्याम्पियन" बनेका छन् । फार्नबोरोस्थित सामुयल कोडी स्पोर्टस् कलेज हलमा शनिबार सांझ आयोजित प्रतियोगितामा २९ वर्षीय गुरुङ सातौं "मिस्टर यूके नेपाल २०१९"भएका हुन्। उनले एकहजार पाउण्डको चेक, मेडल र ट्रफी पाएका थिए।


एनआरएन युकेका अध्यछ्य योग कुमार फगामी प्रमुख अतिथी रहेको सो कार्यक्रमको अध्यछ्यता शुक गुरूङले गर्नु भयको थियो भने सुर्य गुरूङले कार्यक्रममा उद्घोषण गर्नु भयको थियो।
जितपछि उत्साहित हुंदै मनन गुरूङले यस प्रतियोगिताले आफ्नो आत्मबल झन् बढेको र स्वस्थ्य रहनु जीवनको सबैभन्दा महत्वपूर्ण पाटो भयको बतायका थिए। विगत पांच वर्षदेखि निरन्तर ब्यायाममा लागेर गरेको प्रयास आज सफल भयको भन्दै खुसी ब्यक्त गरेका थिए। यस्ता स्वास्थ्यवर्धक प्रतियोगिताले युवाहरुलाई स्वास्थ्य प्रति सजग रहन र सही बाटोमा उत्प्रेरित गर्न सहयोग पुर्याउने उनको धारणा छ।

मास्टरमा ४ प्रतियोगी र ओभरअलमा ७ प्रतियोगी गरि ११ जना प्रतिष्पर्धी रहेको सो दिनको प्रतियोगितामा ओभरलमा मीष्टर नेपाल युके २०१९ मनन गुरूङ, सागर बिक फस्ट रनरअप र सेकेन्ड रनर अप तारा गुरुङ भयका थिए। सन २०१४ मा मीष्टर नेपाल युके जितेका बिसन गुरूङ र सन २०१८ मा मीष्टर नेपाल युके जीतेका हिमाल भुजेलको पनि यो कार्यक्रममा प्रसुती रहेको र कार्यक्रम भब्य भयको थियो


मास्टरतर्फ खगेन्द्रराज गुरुङ विजेता बने भने फस्ट र सेकेन्ड रनर अपमा क्रमशः क्याप्टेन उमेश पुन र नेत्र फगामी भए । प्रतियोगितामा ब्रिटिस नागरीक क्रिस र हेलेनले निर्णायकको भुमीका पुरा गरेका थिए ।
प्रमुख अतिथी एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष पुनम गुरुङ,अध्यक्ष सुक गुरुङ, पुर्व अध्यछ्य किशोर गुरूङ,प्रमुख सल्लाहकार शुक्र राई, सृजनशील नेपाली समाज युकेका पुर्व अध्यछ्य धन वहादुर सार्की लगायतले विजेतालाई उपाधि प्रदान गरेका थिए ।

आयोजक  नेपाल इन्टरनेशनल फेडरेसन बडी बिल्डिङ लिगका कार्यक्रममा अध्यक्ष सुक गुरुङले विगत सात वर्षदेखि प्रतियोगिता गरिंदै आएकोमा युवाहरूलाई स्वस्थ्य सचेतना र अवसर प्रदान गरेको कुरा जनाएका थिए। उनले खेलाडीहरुलाई ओलम्पिया सम्म जान सक्ने वातावरण सहित प्रतियोगिता गरिएको बताए । सो अवसरमा मोडलहरु अनिता लिम्बु र जेनी सुनुवारले नृत्य मनोरन्जन दिएका थिए भने गायिका प्रिती आलेको गायनले कार्यक्रम हल तताएकी थिइन।


मिसेस यूके नेपाल टिम, पुर्व अध्यछ्य भीम महेन्द्र गुरुङ, ह्यारी गुरूङ लगायतको भूमिका महत्वपुर्ण थियो। एन आर एन युकेकी उपाध्यछ्य पुनम गुरूङ, तमुधी युकेका अध्यछ्य नन्दजंग गुरूङ, सहारा युकेका अध्यछ्य कुमार गुरूङ,पुर्व अध्यछ्य दिलीप गुरूङ, ग्रेटर रसमोर नेपाली कम्युनिटी पुर्व अध्यछ्य जीव बेलवासे, क्याप्टेन राजु गुरूङ, तमु समाज बेलायतका अध्यछ्य शीवचन्द्र गुरूङ,पाल्पा जील्ला समाजका अध्यछ्य बाचस्पति रेग्मी, क्सायाट युकेका अध्उयछ्थय जीवन सेन, इस्टका हरि गोविन्द गुरूङ, कान्तीपुर समाचारदाता नविन पोखरेल, गोरखा इनफरमेसनका डाइरेक्टर पुर्ण गुरूङ, बरिष्ठ फोटोग्राफर मीलन तमु उपस्थीत रहेको सो कार्यक्रममा लण्डन नेपाल न्युजका सम्पादक शीव भण्डारीले लाईभ गरेका थिए। साथै संस्थाका सल्लाहाकार शुक्र राई, गेटमा स्वागत चीत्रकला गुरूङ र सुमी गुरूङले गर्नु भयको थियो।


पुर्व अध्यछ्य , इन्टरनेसनल प्रमोटर एवम सल्लाहाकार किशोर गुरूङ, सल्लाहाकारहरू गंगा गुरूङ, सल्लाहाकार नारायण गुरूङ र उदघोषक सुर्य गुरूङ, डिजे सीगंर दिपु गुरूङलाई सम्मान गरीयको सो कार्यक्रममा स्पोन्सरहरू र भोलेन्टेयरहरूको कारण ब्यवस्थीत थियो। कार्यक्रममा प्रथम पुरूष्कार फ्रेन्ड फर इभरले एक हजार पौण्ड, फोर ह्वील ड्राइभका किशोर थापाबाट पाचसय पौण्ड, पिपल मोरगेजका डाइरेक्टर सुर्य गुरूङबाट तीनसय पौण्ड ,इस्ट लण्डन गोरखा नेपाली कम्युनीटी र सृजनशील समाज युकेका पुर्ब अध्यछ्य धन बहादुर सार्की लगायत धेरैको सहयोग प्राप्त भयको समाचार प्राप्त भयको र अध्यछ्य सुक गुरूङले सबै सहयोगीसरूलाई धन्यबाद दिनु भयको छ।
 




मतहरू

Low Price Construction grade HPMC

ISO butane Low Price Construction grade HPMC

China Mecellose Hpmc Factory

Cargo Basket Net China Mecellose Hpmc Factory

Anti Mosquito Magnetic Screen Door Lowes Mesh Curtain

China Acid Blue 83 Anti Mosquito Magnetic Screen Door Lowes Mesh Curtain


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?