Friday October 23, 2020

खाडीमा रोजगारीका लागि पैसा बुझाएका महिला होटेलमा बन्धक !

२० श्रावण, २०७५ शीतलपाटीन्युज डटकम 1438



शीतलपाटीन्युज डटकम।

काठमाडौं -  दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालका साथमा नेपाली चेली । उद्धार गरिएका ६८ मध्ये १६ जनालाई काठमाडौं ल्याएर आफन्तको जिम्मा लगाईयो । ३६ जनालाई शनिवार दिल्लीबाट भैरहवातर्फ पठाईएको छ । बाँकी १६ जना मंगलबार दिल्लीबाट आउँदै छन् ।

नयाँदिल्लीबाट गतसाता उद्धार गरिएका ६८ नेपाली महिलालाई गैरकानुनी रूपमा अरब मुलुक पठाउन खोजिएको पुष्टि भएको छ ।

उद्धार गरिएका ७१ नेपाली महिलामध्ये ६८ जनालाई दिल्ली हुँदै अरब पठाउन लागिएको पुष्टि भएको हो । उनीहरूमध्ये १६ जनालाई मंगलबार काठमाडौं ल्याइएको छ, ३६ जनालाई शनिबार साँझ दिल्लीबाट भैरहवातर्फ ल्याइएको छ । बाँकी १६ जनालाई मंगलबार मात्रै दिल्लीबाट नेपाल फर्काउने तयारी छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरिप्रसाद ओडारीले दिल्ली महिला आयोग र दिल्ली प्रहरीको समन्वयमा तीन स्थानमा छापा मार्दा ७१ नेपाली महिला भेटिएको बताए ।

उनका अनुसार १४ साउनमा दक्षिण दिल्लीको मुनिरकामा १६, १५ साउनमा मैदानगढीमा १६ र १६ साउनमा पहाडगन्जमा ३९ युवती भेटिएका थिए ।

पहाडगन्जमा सुरुमा ५२ जना महिला भेटिएका थिए ।, आजको नयाँ पत्रिकामा यो खबर छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?