Sunday December 15, 2019

टी–२० क्यानडामा सन्दीपको टिम विजयी

२० श्रावण, २०७६ शीतलपाटीन्युज डटकम 1077


टी–२० क्यानडामा  सन्दीपको टिम विजयी

शीतलपाटीन्युज डटकम।

ग्लोबल टी–२० क्यानडामा टोरन्टो नेशनल्सले जित हात पारेको छ । टोरन्टोले मोन्ट्रेयल टाइगर्सलाई चार विकेट हराउँदा सन्दीप लामिछानेले एक विकेट लिए ।उनले चार ओभर बलिङ गर्दा २८ रन दिएर एक विकेट लिए । १६औँ ओभरको पहिलो बलमा सन्दीपले म्याथ्यु क्रसलाई एलबीडब्यूको धरापमा पारेका थिए ।सन्दीपले एक विकेट लिँदा जेरेमी गोर्डोन र सल्मान नजरले भने दुई दुई विकेट लिए । टस हारेर ब्याटिङको निम्तो पाएको मोन्ट्रेल टाइगर्सले २० ओभरमा नौ विकेट गुमाउँदै १३६ रन बनाएको थियो । उसका लागि कायल कोट्जरले सर्वाधिक २६ रन बनाउँदा अन्य खेलाडी सस्तैमा आउट भए ।१३७ रनको लक्ष्य टोरन्टोले १७.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । टोरन्टोका लागि चिराग सुरीले ५२ रनको अर्धशतकीय योगदान दिए । यस्तै क्रिश ग्रिनले अविजित ३० रन बनाए भने हेनरिक क्लासेनले २० रन र रवीन्दरपाल सिंहले १५ रन जोडे ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?