Tuesday January 19, 2021

१ साउनदेखि लागू हुने सरकारी कर्मचारीको तलब सार्वजनिक

२० श्रावण, २०७६ शीतलपाटीन्युज डटकम 5446


१ साउनदेखि लागू हुने सरकारी कर्मचारीको तलब सार्वजनिक

शीतलपाटीन्युज डटकम।

१ साउनदेखि लागू हुने सरकारले सरकारी कर्मचारीको तलब सार्वजनिक गरेको छ । नयाँ तलबमानअनुसार मुख्य सचिवको मासिक तलब ६५ हजार १ सय ४० रुपैयाँ पुगेको छ ।

मुख्य सचिवको सो तलबमा सरकारले २ ग्रेड थप गरेर दिन्छ । २ ग्रेडको २१ सय ७१ रुपैयाँ थप गरी मुख्य सचिवले मासिक ६९ हजार ४ सय ८२ रुपैयाँ राज्यकोषबाट बुझ्नेछन् । निजामती कर्मचारीतर्फ सबैभन्दा कम तलब प्रथम स्तरका कार्यालय सहयोगीको तलब २० हजार ७ सय ७८ रुपैयाँ पुगेको छ ।

नेपाली सेनाका प्रधान सेनापतिको तलब पनि मुख्य सचिवको बराबर नै छ । विमान सम्भार समूहका सहायक रथीको तलब भने प्रधान सेनापतिको भन्दा ६७ रुपैयाँ मात्रै कम अर्थात् ६९ हजार ४१५ रुपैयाँ छ । नेपाली सेनामा सबैभन्दा कम तलब फलोअर्स प्रथम स्तरको मासिक २० हजार ७७८ रुपैयाँ छ ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षकको तलब मुख्य सचिवको भन्दा करिब ५ हजार रुपैयाँ कम छ । नयाँ तलबमानअनुसार प्रहरी महानिरीक्षकको मासिक तलब अब ग्रेडसहित ६४ हजार ७ सय २६ रुपैयाँ पुगेको छ ।नेपाल प्रहरीका रिक्रुटको मासिक तलब अब १९ हजार ४ सय ८० रुपैयाँ पुगेको छ ।




मतहरू

field erected industrial cooling tower

23123392155001 field erected industrial cooling tower

Badminton Racket Bags

Chanel?????? Badminton Racket Bags


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?