Wednesday October 20, 2021

पूर्वविदेशमन्त्री शुष्मा स्वराजको असामयिक निधनप्रति प्रधानमन्त्री ओली स्तब्ध

२२ श्रावण, २०७६ शीतलपाटीन्युज डटकम 1560


पूर्वविदेशमन्त्री शुष्मा स्वराजको असामयिक निधनप्रति प्रधानमन्त्री ओली स्तब्ध

शीतलपाटीन्युज डटकम।

भारतका वरिष्ठ नेता तथा पूर्वविदेशमन्त्री शुष्मा स्वराजको असामयिक निधन भएको खबरले सिङ्गापुरमा स्वास्थ्योपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्तब्ध भएको बताएका छन्। ओलीले ट्विट गर्दै भारत सरकार र त्यहाँका जनताका साथै शोकाकुल परिवारजनमा गहिरो सहानुभूति एवं समवेदना व्यक्त गरेका छन् । 

यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि भारतका पूर्वबाह्य मामिलामन्त्री स्वराजको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले दिवङ्गत नेत्रीलाई प्रतिबद्धता र दृष्टिकोणयुक्त व्यक्तित्वका रुपमा चित्रण गर्दै नेपाल–भारत सम्बन्ध विस्तारमा उनले निर्वाह गरेको भूमिकाको स्मरण गरेका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?