२३ श्रावण, २०७६
शीतलपाटीन्युज डटकम।
हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को मुख्य भूमिका रहने चलचित्रको नाम ‘सेन्टी भाइरस’ राखिएको छ । हाल चितवनस्थित अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बनाउन ब्यस्त रहेका यो जाडी चलचित्र निर्माण गर्न काठमाडौँ आएका छन् । उनीहरुले रंगशालासँगसँगै चलचित्रलाई पनि सँगै अगाडी लैजाने बताएका छन्। बुधबार राजधानीमा पत्रकारहरुलाई साँक्षी राख्दै यस चलचित्रको नाम ‘सेन्टी भाइरस’ राखिएको हो। यसैबीच चलचित्रबाट आएको १५ प्रतिशत नाफा गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदानकोलागि र पाँच प्रतिशत रकम कलाकार संघको भवन निर्माणमा प्रदान गरिने चलचित्रका निर्माता समेत रहेका धुर्मुसले बताए।
रामबाबु गुरुङ्गले निर्देशन गर्ने चलचित्रले सामाजिक कथावस्तुसँगै राजनीतिक बिषयलाई उठान गर्ने बताइएको छ। धुर्मुस र सुन्तलीको अलवा चलचित्रमा अभिनेता दयाहाङ्ग राई, बुद्धी तामाङ्ग,राजाराम पौडेल, विल्सन विक्रम राई, सुर्यमाला खनाल,दिपक आचार्य बसन्त भट्टलगायत कलाकारहरुको पनि अभिनय रहनेछ। भदौ ३ गतेदेखि छायाँकन सुरु हुने यस चलचित्रमा संगीतकार राजनराज सिवाकोटी र कालिप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र डि.कार्कीको सिनेम्याटोग्राफी रहनेछ। चलचित्रलाई डिन्डु लामा ह्योल्मोले निर्माण गर्नेछन् ।