Thursday March 04, 2021

एक्सन प्रधान चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक (ट्रेलर)

२३ श्रावण, २०७६ pratikshya wosti 1351


एक्सन प्रधान चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक  (ट्रेलर)

शीतलपाटीन्युज डटकम।

एक्सन जनरामा निर्माण भएको चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक भएको छ। बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच टिमले ट्रेलर सार्वजनिक गरेका हुन्। ट्रेलरमा नम्रताको दमदार एक्सनसँगै बिभिन्न लुक्समा देख्न सकिन्छ । ट्रेलरमा उनले प्रेमीको मुत्युको बदला चुकाउन मार्सल कला र लडाईको अभ्यास गरेको देखाइएको छ । बदला सँगै ट्रेलरमा नम्रताको प्रेमी प्रतिको प्रेमलाई पनि देखाइएको छ । उनी चलचित्रमा मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा देखिएकी छिन् । 

नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा निर्माण भएको चलचित्रमा आशुतोषराज श्रेष्ठको निर्देशन रहेको छ। निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा रहेको चलचित्रमा कटामरी फिल्म्सको सहकार्य रहेको छ । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको चलचित्रमा बाबु श्रेष्ठको छायांकन, लोकेश बज्राचार्यको सम्पादन, राउल मोक्तान र मेघवार चेम्जोङको द्वन्द्व रहेको छ।

त्यसैगरी कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत र सम्राट बस्नेतको द्वन्द्व निर्देशन र केशव थापाको नृत्य निर्देशन रहेको यस चलचित्रकालागि नम्रताले आफ्नो तौल ५१ किलोग्रामबाट घटाएर ४३ किलोग्राम बढाएकी थिइन् भने आफ्नो कपाल छोटो बनाएर काटेकी थिइन् । नम्रतासँगै श्रृजना रेग्मी, प्रमोद अग्रहरी,अनुप बिक्रम शाही, रेमनदास श्रेष्ठ सहित नव-कलाकारहरु सुजता श्रेष्ठ र सम्राट मगरको प्रमुख अभिनय रहेको चलचित्रको प्रर्दशन मिति भदौ ६ गतेलाई तोकिएको छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?