Sunday November 27, 2022

चलचित्र ‘नाई नभन्नु ल ५’ को दोश्रो गीत सार्वजनिक (भिडियो)

२० श्रावण, २०७५ शीतलपाटीन्युज डटकम 2608



शीतलपाटीन्युज डटकम।

काठमाडौं । चलचित्र  ‘नाई नभन्नु ल ५’ ‘बालापनको उमेर’ बोलको गीत सार्वजनिक भएको छ । उक्त चलचित्रको को दोश्रो गीतको भिडियोमा अनुभव रेग्मी र सेड्रिना शर्माको अभिनय रहेको छ । वान टाईम सिनेमाको ब्यानरमा बनेको चलचित्र ‘नाई नभन्नु ल ५’ को गीतमा समिक्षा अधिकारीको स्वर  रहेको छ भने बसन्त सापकोटाको शब्द तथा संगीत  रहेको छ ।

चलचित्रमा अनुभव र सेड्रिनाको साथमा अभिषेक नेपाल, स्वस्तिमा खड्का, प्रियंका कार्की, केकी अधिकरी, दिलिप रायामाझी, निरुता सिंह लगायतका कलाकारहरुको मुख्य भुमिका छ । बिकासराज आचार्य निर्देशित चलचित्र हरिबोल भण्डारी र गौरी राज जोशीले निर्माण गरेका हुन् । कार्यकारी निर्माताको रुपमा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र बिष्णुमणी दहाल रहेका छन् ।  

(भिडियो)

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?