Saturday October 23, 2021

एकाबिहानै त्रिशूलीमा बस खस्यो, ३ को मृत्यु, २५ जना बेपत्ता

२४ श्रावण, २०७६ शीतलपाटीन्युज डटकम 1520


एकाबिहानै त्रिशूलीमा बस खस्यो, ३ को मृत्यु, २५ जना बेपत्ता

शीतलपाटीन्युज डटकम।

आज बिहान ३ बजे सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना छ ७४६९ नंको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका २५ जना हराइरहेको र १२ जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरू लागिरहेका छन् ।घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । मृतक तीन जना र हराइरहेकाको पहिचान खुल्न सकेको छैन ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?