Sunday April 02, 2023

मातृभुमी नेपालको संस्कृति पस्कदै प्रतिभा नक्षत्र २०१९ भब्य सम्पन्न

२४ श्रावण, २०७६ शीतलपाटीन्युज डटकम। 7102


मातृभुमी नेपालको संस्कृति पस्कदै प्रतिभा नक्षत्र २०१९ भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम।
लण्डन। प्रतिभा नक्षत्रको तेश्रो संस्करण ४ अगस्टमा मेरीडियन एण्ड सोसियल क्लब चार्लटन, लण्डनमा सफलतापूर्वक सम्पन्न भएको छ ।

नेपाली भेषभुषा कला संस्कृति, साहित्य परम्परा र नेपालपनलाई प्रवासमा जोगाइ राख्नका साथै यसलाई युवा पुस्तामा हस्तान्तरण गरि सम्पुर्ण नेपाली समुदायलाई एक ढिक्का बनाई राख्ने उदेश्यले प्रतिभा नक्षत्र सन २०१७ मा स्थापित भएको हो । 

बेलायतका लागि नेपाली राजदुत डा दुर्गा बहादुर सुवेदी प्रमुख अतिथी रहेको सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङ, ग्रिनबिच बरोका लेबर पार्टी सार्सद म्याथ्यु पेनिकुक, ग्रिनबिच काउन्सिलका डिपुटी लिबर डेबिट गार्डनर सहित बिशिष्ट ब्यक्तित्वहरुको उपस्थीतीमा कार्यक्रम भब्य सम्पन्न भएको थियो । यसपटक खुल्ला मैदानमा गरिएको कार्यक्रम मुख्य दुई अवधारणामा बिभाजित थियो। कार्यक्रमस्थलको खुल्ला मैदानमा भएका बिभिन्न ब्यापारिक सुचना, स्वास्थ्य, नेपालीखानाहरु, नेपाली साहित्यीक घर, प्रतिभा  नक्षत्र घरका प्रर्दशनीहरु थिए । जसले स्थानिय समुदायमा नेपाल र नेपालीप्रति एकता र आफ्ना मौलिकताहरु बिभिन्न समुदायमा आदान प्रदान गराउने काम गरेको थियो।

दोस्रो अवधारणामा मुख्यस्टेजद्दारा नेपाली गीतसंगित, नृत्यकलामा बालबालिमा र युवाहरुले प्रतियोगिताको माध्यमबाट आफ्ना प्रतिभाहरु देखाएर यसलाई युवा र बालबालिका पुस्तामा हस्तान्तरण गर्ने काम गरेको थियो। मुख्य स्टेजको प्रतियोगितामा बालबालिका र युवागरी २१ जना प्रतिस्पर्धीहरुले भाग लिएका थिए । बालबालिकाहरु तथा युवायुवतीहरुको प्रतिभा प्रर्दशनले उपस्थित सबैमा रोचकता छाएको देखिन्थ्यो।

यस प्रतियोगितामा बालबिधाा तर्फबाट पहिलो, दोश्रो, तेश्रो क्रमश मुस्कान श्रेष्ठ, नित्यश्री खरेल, माया इबिरे वारिका भै नगद पुरस्कारहरु क्रमश पाउन्ड ३००, पाउन्ड २०० र पाउन्ड १०० सहित सबैले ट्रफी र प्रमाण पत्र प्राप्त गरेका थिए।

त्यसैगरी बाल बिधामा बेष्ट पर्फमेन्समा आर्या अभिकारी र बेष्ट नृत्यमा निश्चलता राई क्रमश पाउन्ड ५० सहित प्रमाण पत्र र मायाको चिनो प्राप्त गरेक थिए। अर्को युवा बिधा तर्फ पहिलो , दोश्रो, तेश्रो क्रमश मुस्कान धिमिरे, निश्चल गुरुङ र रुपा चासम्लिङ राईले क्रमश पाउन्ड ५००, पाउन्ड ३००, पाउन्ड २०० सहित पहिलोले पेन्टिङग गिफ्ट ह्याम्पर, ट्रफी प्रमाण पत्र सबैले प्राप्त गरे ।

बालबालिका, युवाहरुको कार्य प्रतिभालाई बहिरबाट पनि सम्मान गर्न कम उमेरमा पुस्तक लेखने बालप्रतिभा बिशान्त कार्कीलाई सम्मान पत्र प्रधान गरियको थियो। साथै युवातर्फ बेष्ट नृत्यमा एरोन  गुरुङले पाउन्ड ५० सहित प्रमाण पत्र, मायाको चिनो प्राप्त गरे। यस कार्यक्रममा निर्णयक मण्डलको भूमिकामा प्रख्यात गायिका मिरा राणाा,गयिका सर्मिला बर्देवा,नृत्य निर्देशक शान्त कुमार थापा मगर साथै कान्तिपुर ह्याडी न्यूज पत्रकार श्रद्दा अर्यालले निभाउनु भएको थियो ।

कार्यक्रममा बेलायतको बिभिन्न भाग स्कटलैण्ड, वेल्स, मिडलेण्ड, ससेक्स, ईसेक्स,केन्ट , लण्डनबाट नेपालीहरु र स्थानिय ब्यक्तिहरुको उल्लेखिय संख्यामा उपस्थिती थियो।


प्रमुख अथिति, बिषेश अथितिहरुबाट कार्यक्रम निकै प्रभावकारी र उदेश्यमुलक भएको बिचार ब्यक्त गरेको सो कार्यक्रम बिहान १२ बजे देखि साँझ ६ बजे सम्म चलेको थियो। कार्यक्रममा उपस्थित सबैले नेपाली खानाहरु,कला , साहित्य लगायतका कुराहरुमा आफूलाई भूलाई पुर्ण मनोरन्जन लिएका थिए।

प्रतिभा नछत्रकी अध्यछ्य सीम्मी पुनको अध्यछ्यतामा भयको कार्यक्रमको परिकल्पनाकार राजेन्द्र खस हुनुहुन्छ। कार्यक्रमलाई बिगलोट्री कम्यूनिटि फन्डको बिषेश सहयोग सहित स्थानिय ब्यक्तिहरु, संघसस्थाहरुको आर्थिक, नैतिक सहयोग रहेको थियो । आयोजक कमिटिले उपस्थीत पाहुनाहरू, पत्रकारहरू, सम्पूर्ण सहयोगीहरू र आर्थिक सहयोग दाताहरुलाई धन्यवाद ब्यक्त गर्दै २०१९ को समापन भयको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?