Sunday December 15, 2019

महिला साफ च्याम्पियनसीप: नेपालको पहिलो प्रतिद्वन्द्वी भारत

२५ श्रावण, २०७६ शीतलपाटीन्युज डटकम 1115


महिला साफ च्याम्पियनसीप: नेपालको पहिलो प्रतिद्वन्द्वी भारत

शीतलपाटीन्युज डटकम।

भुटानमा आयोजना हुने महिला साफ यु–१५ (पन्ध्र वर्षमुनि) को फुटबल च्याम्पियनसीपमा पहिलो खेल नेपालले भारतको सामना गर्ने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले आज सार्वजनिक गरेको खेल तालिकामा नेपालले पहिलो प्रतिद्वन्दी भारत पाएको हो ।

प्रतियोगिता आगामी असोज २२ देखि २८ गतेसम्म हुनेछ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रङ्गशालामा हुने उक्त प्रतियोगितामा नेपालले आगामी असोज २२ गते भारतको सामना गर्नेछ ।

त्यस्तै नेपालले असोज २४ गते बङ्गलादेशसँग खेल्नेछ भने असोज २६ गते आयोजक भुटानसँग खेल्नेछ । लिग चरणको खेल समाप्तिपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । भुटानमा नै भएको गत संस्करण खेलमा नेपाल चौथो भएको थियो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?